२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता साझेदार गठबन्धनलाई कायमै राख्ने जसपाको निर्णय



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को संस्थापन पक्षले आगामी संघीय र प्रदेशसभा निर्वाचनसम्म सत्ता साझेदार गठबन्धनलाई कायमै राख्ने निर्णय गरेको छ ।

वीरगञ्जमा सम्पन्न भएको जसपाको केन्द्रीय कार्यकारिणी र केन्द्रीय समितिको बैठकले लोकतन्त्रको रक्षा गरी मुलुकलाई राजनीतिक स्थिरतातर्फ अगाडि लैजान गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको पार्टी अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो ।

अध्यक्ष यादवले प्रतिगनमनलाई परास्त गर्न निर्माण भएको पाँच दलीय गठबन्धन आफ्नो उद्देश्यमा सफल भएको उल्लेख गर्दै स्थानीय तहको निर्वाचनमा पार्टीका लागि केही अनपेक्षित अनुभव भए पनि मुलुकका लागि गठबन्धन अझै आवश्यक भएको बताउनुभयो ।

बैठकले पार्टी हितविपरीत काम गरेको भन्दै डा बाबुराम भट्टराईसहित ९ जनालाई कारबाही गरेको छ । भट्टराई पक्षले पार्टीको छुट्टै बैठक बोलाई पार्टी पुनरगठन गर्ने निर्णय गरेका थिए । यद्यपि अध्यक्ष यादवले पार्टीमा अझै पनि आफूहरुसँग दुई तिहाइ बहुमत रहेको दाबी गरेका छन् ।