२५ चैत्र २०८१, सोमबार
April 7, 2025 Monday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 22.01

Wind: 2.06

Humidity: 56

तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनलाई ओलीले दिए तबला उपहार



अ+ अ-

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई तबला उपहार दिएका छन् ।

बुधबार साँझ ओली निवास बालकोट पुगेका मेयर शाहलाई पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले तबला उपहार दिएका हुन् ।

भेटवार्तापछि ओलीले बालेनलाई तबला उपहार दिएको एमाले नेता कर्णबहादुर थापाले जानकारी दिए । मेयर शाहको यो ओलीसँगको दोस्रो भेट हो । यसअघि पनि शाह बालकोट पुगी ओलीसँग भेटवार्ता गरेका थिए ।