२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
राष्ट्रपति रनिङ सिल्डमा बागमती टिम च्याम्पियन विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तरका पाहुनालाई विदा गरेलगत्तै प्रचण्ड भारत भ्रमणमा जाँदै



अ+ अ-

काठमाडौंः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि शुक्रबार भारत भ्रमणमा जान लाग्नु भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालको चार दिने भ्रमण गरी बामपन्थी दलहरुबीच एकता र विदेशी हस्तक्षेपका पक्षमा जिज्ञासा राखिरहेको अवस्थामा प्रचण्ड आकस्मिक रुपमा भारत भ्रमणमा जान लाग्नु भएको हो ।

चिनियाँ नेता लिउसँग सोमबार प्रचण्डको निजी निवास खुमलटारमा भेटवार्ता भएको थियो । चिनियाँ प्रतिनिधिमण्डलसँग लामै कुराकानी भएको थियो ।

प्रचण्ड निकट उच्च स्रोतले दिएको जानकारी अनुसार प्रचण्डले भारतमा उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ । व्यक्तिगत भ्रमण भनिए पनि उहाँले भारतका कतिपय राजनीतिक व्यक्ति एवं गुप्तचर निकायका उच्च व्यक्तिहरुसँग भेटवार्ता गर्नुहुने स्रोतले बताएको छ । यद्यपी प्रचण्डको भ्रमण र उहाँले भारतमा गर्नुहुने भेटघाटका कार्यक्रमलाइ गोप्य राखिएको छ ।

प्रचण्डको केही समयदेखि भारतसँगको सम्बन्धमा तिक्तता आएको बताइन्छ । उहाँले भारतको संस्थापन पक्षसँग आफ्नो पार्टी र व्यक्तिगत सम्बन्ध पुनर्स्थापना गर्न प्रयास गरिरहनु भएको छ ।

लैनचौरस्थित कार्यालयमा पद सम्हालेपछि पहिलो चरणमा भिआइपीहरुसँग पालैपालो शिष्टाचार भेट गरेका भारतीय राजदूत नवीन श्रीवास्तवले प्रचण्डलाई खुमलटारमा दोहोर्याएर भेट गर्नु भएको थियो । उहाँहरूबीच दोस्रो भेटमा  झण्डै ४० मीनेट कुराकानी भएको थियो । यसअघि ओहोदाको प्रमाणपत्र बुझाएको भोलिपल्ट श्रीवास्तवले खुमलटारमै अध्यक्ष प्रचण्डसँग भेट गर्नु भएको थियो ।

नेपालका लागि नयाँ भारतीय राजदूत श्रीवास्तव नियुक्त भएको केही दिनभित्रै यस्तो भ्रमणको तारतम्य मिलेकोलाई एक शंकास्पद घटनाका रुपमा हेरिएको छ ।

यसअघिका प्रचण्डका भारत भ्रमणहरु पनि विवादित हुने गरेका थिए । नेकपा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएकै समयमा भारत भारत भ्रमणमा जानु भएका प्रचण्ड त्यहाँबाट फर्के लगत्तै केपी ओली विरुद्ध उहाँले अभिव्यक्ति दिनु भएको थियो ।

अहिले प्रधानमन्त्री पत्नी आरजु राणा देउवा पनि भारत भ्रमणमै हुनुहुन्छ ।