११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

मानव अधिकार आयोगले मानव अधिकारलाई विशुद्ध र अशुद्ध ठान्नुहुँदैनः ओली

मानव अधिकार आयोगले मानव अधिकारलाई विशुद्ध र अशुद्ध ठान्नुहुँदैनः ओली
file
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारलाई विशुद्ध र अशुद्ध ठान्न नहुने टिप्पणी गर्नु भएको छ ।

अध्यक्ष ओलीले मानव अधिकार विशुद्ध र अशुद्ध अनि आंशिक र पूर्ण नहुने तर्क गर्दै त्यस्तो भ्रान्तिमा नपर्न राष्ट्रिय मानव अधिकार आयोगलाई सचेत समेत गराउनु भयो । बुधबार मानव अधिकार एलाइन्सले आयोजना गरेको आफ्नो २३ औं स्थापना दिवसमा मानव अधिकार आयोगका कुनै पनि सदस्यहरु उपस्थित नभएकोमा असन्तुष्टि व्यक्त गर्दै उहाँले आफूलाई सुनपानीले धोएको पवित्र मानव अधिकारवादी र हामीलाई मानव अधिकार उलंघनकर्ता ठान्ने भूल नगर्न पनि चुनौति दिनुभयो ।

गृह मन्त्रालयजस्तो नियन्त्रण कायम गर्नुपर्ने मन्त्रालय सम्हाल्दा समेत आफ्नो राजनीतिक जीवनका ५७ वर्षमा कहिल्यै पनि मानव अधिकार उलंघन नगरेको ओलीको दावी थियो । उहाँले आफूले मानव अधिकारको उलंघन अहिलेसम्म नगरेको र अव पनि नगर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । अध्यक्ष ओलीले मानव अधिकारलाई राजनीतिक नियुक्तीको कार्यकाल, जागिरको रुपमा नलिई आर्दश, निष्ठा, यात्रा र गन्तव्यको रुपमा आफूले लिएको पनि स्पष्ट पार्नु भयो ।

उहाँले भन्नु भयो, ‘मैले गृहमन्त्रीको हैसियतमा गृह मन्त्रालयजस्तो नियन्त्रण कायम गर्नुपर्ने मन्त्रालय पनि सम्हालेको छु । र, मैले परराष्ट्र त आफ्नो ठाउँमा छ । प्रधानमन्त्रीको हिसावले पनि सम्हालेको छु । जस भित्र अरु मन्त्रालयहरु रक्षादेखि लिएर सबै मन्त्रालय पनि पर्छन, गृह पनि पर्छ । म दावी साथ के भन्न सक्छु भने–यी ५७ वर्षदेखिको मेरो लडाईँ मूलतः मानव अधिकारका लागि हो । मेरो लडाई भनेको मानव अधिकारका लागि । र, म अर्को के भन्छु भने–मैले गृहमन्त्री समेत सम्हालेर प्रधानमन्त्रीसमेत सम्हालेर आएको, चलाएर आएको किन भनेको भने त्यसो भएर पनि मैले मानव अधिकारको अहिलेसम्म उलंघन गरेको छैन ।

मैले मानव अधिकारको उलंघन गरेको छैन । र, मानव अधिकारको उलंघन गर्दिन । त्यसकारण आफूलाई पवित्र सुनपानीले धोएको, दुवोपानी छर्किएको मानव अधिकारवादी कसैले ठानेर हामीलाई चाँही मानव अधिकारको उलंघनकर्ता ठान्ने भूल गर्छ भने त्यो भूल हो । हामीे मानव अधिकारका लागि मैले मानव अधिकार दिवसको अवसरमा पनि बोल्दा भनेको थिँए–मानव अधिकार मेरो जागिर होईन । मानव अधिकार मेरो एक कार्यकालको नियुक्ती होइन । मानव अधिकार मेरो आर्दश हो । मेरो निष्ठा हो । मेरो उद्देश्य हो । मेरो गन्तव्य हो । मेरो यात्रा हो । र, मेरो पुग्ने गन्तव्य हो । त्यसकारण मानव अधिकार आयोगका माननीय सदस्य सबै आउनु परेन तर कोही त आउनु पथ्र्यो । मानव अधिकारको क्षेत्रमा यो एलाईन्स क्रियाशील छ भने यसलाई उहाँहरुले आफूभन्दा पृथक होइन, सहयोगी ठान्नुपर्दथ्यो । अव उहाँहरु किन आउनु भएन । यसो मेरो अनुमान है । म एकिन पनि भन्न सक्दिन ।

यो चाँही मानव अधिकार विशुद्ध मानव अधिकार होइनकि भन्ने ठान्नु भयो कि ? विशुद्ध मानव अधिकार भनेको हुँदै हुँदैन । मानव अधिकार भनेको मानव अधिकार हो, त्यो अशुद्ध पनि हुँदैहुँदैन । त्यसकारण मानव अधिकारलाई विशुद्ध र अशुद्ध, आंशिक र पूर्ण ठान्ने धारणा भ्रान्ति हो, त्यो सही धारणा होइन । यदि उहाँहरुले त्यसो ठानेर नआउनू भएको हो भने त्यो नठान्दा हुन्छ भन्ठान्छु मैले ।’

ओलीले राजनीति विकृत भए मानव अधिकारको उलंघनको घटना बढेर जाने तथ्य पनि पटकपटक स्मरण गराउनु भयो ।