११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

उपेन्द्रले अहंकार गरे, उनमा पदको लोभ देखियोः बाबुराम भट्टराई (भिडियोसहित)

उपेन्द्रले अहंकार गरे, उनमा पदको लोभ देखियोः बाबुराम भट्टराई (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रिय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाउनुभएको छ ।

अध्यक्ष भट्टराईले पार्टीमा ठूलो बन्नका लागि एकलौटी र स्वेच्छाचारी ढंगबाट पार्टीका गतिविधिहरु गरेको आरोप लगाउनुभएको हो । मंगलवार काठमाडौंमा आयोजित केन्द्रिय कार्यसमितिको बिस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले संख्यात्मक रुपमा पनि आफ्नो पक्षमा नै बहुमत रहको दाबीसमेत गर्नुभयो । अध्यक्ष भट्टराईले अर्का अध्यक्ष यादव पक्षले बैठक अवैध भनेकोप्रति लक्षित गर्दै यादव पक्षले इतिहासलाई भुलेर गरेको कुराको कुनै सत्यता नरहेको जिकिर गर्नुभयो ।

अध्यक्ष भट्टराईले तत्कालीन कार्यकारिणी अध्क्यक्ष महन्थ ठाकुर अलिग्गएपछि खालि रहेको पदमा समेत जनजातीलाई राख्ने आफ्नो प्रश्तावलाई अध्यक्ष यादवले नमानेको बताउनु भयो उहाँले पार्टी दर्ता गराउँदा देखेको आफ्नो सपनामा कुठाराघात भइरहेको बताउनु भयो । अध्यक्ष भट्टराईले पार्टीमाथि ठूलो संकटको बादल मडारिएको उल्लेख गर्दै पार्टीलाई रुपान्तरण गरेर अघि बढ्न नसके झनै ठूलो दुर्घटना निम्तिने बताउनु भयो । उहाँले अर्का अध्यक्ष यादवलाई नतर्सिन चुनौती दिँदै अवैध ढंगबाट गलत मनशायका साथ बोलाएको गुटको बैठकलाईमान्यता नदिने स्पष्ट पार्नुभयो ।

अध्यक्ष भट्टराईले भन्नुभयो, ‘जनता समाजवादी पार्टी भनेको देशमा वैकल्पिक शक्तिको रुपमा स्थापना गरेको पार्टी हो । संख्याको बहुमत पनि हामीसँग छ । कथम कदाचित निरुपण हुँदै गएछ भनेपनि वैचारिक हिसावले यसको मुल मर्म हो, संघीयता, सुशासन, समाजवाद र समृद्धिको जुन मुल आधार तत्व हुन् त्यसलाई बचाएर पार्टीलाई जोगाएर ल्याउने श्रेय हामीलाई छ । हामी यहाँ छाँै । त्यसैले यो बैठक अवैध, आद इत्यादी भन्छन् भने तिनले जस्तो इतिहासलाई बंग्याउने काम, झुट बोल्ने काम कसैले पनि गरेको छैन । यो ठोकुवासाथ भन्न चाहन्छु । लुकाउने कुरा नै छैन ।

हामीले यहाँ यसरी बैठक गरिरहेका छौँ, हाम्रो कार्यकारिणी अध्यक्ष उपन्द्र यादव ले आफ्नै ढंगले वीरगञ्जमा बैठक बोलाइ दिनुभयो । गत साल महन्थ ठाकुरजीले छोडेपछि एउटा कार्यकारिणी अध्यक्ष खालि थियो । मैले जनजाती एकजना जो भएपनि बनाउनुपर्छ भने तर मेरा मित्र उपेन्द्र यादवजीलाई डर थियो वा के थियो मान्नुभएन । अहिलेसम्म पनि मान्नुभएको छैन ।

हामीले देखेको पार्टीको सपनामा गम्भीर कुठाराघात भइरहेको छ । यो पार्टीमाथि ठूलो संकटको बादल मडारिएको छ । त्यसैको समाधान गर्न बिस्तारित बैठक बोलाएका छौँ । कुनैपनि बाआमाले आफ्नो सन्तानलाई मार्दैन । त्यसैले यो पार्टी हामीले जन्माएको हो, फुटबाट जोगाएको हो र अहिलेपनि पार्टीलाई रुपान्तरण गर्ने हाम्रो मनशाय हो । म मेरा मित्र उपेन्द्र यादवजीलाई अहिलेपनि नतर्सिन, नडराउन, हिम्मतका साथ फेस गर्न वैधानिक ढंगले बैठक राख्न चुनौती दिन्छु । तपाईले अवैध ढंगले, जुन गलत मनशायका साथ गुटको मात्रै बैठक अपायकमा राख्नुभएको बैठक तत्काल स्थगित गर्नुहोस् । यहाँ आउनुस् । तर स्वेच्छाचारी ढंगल हर्कत गर्नुहुन्छ भने त्यसलाई वैधता दिन सकिँदैन ।’

अध्यक्ष भट्टराईले नेपालका दल र सरकार नसच्चिए श्रीलंकाकै बाटोमा देश पुग्ने दाबी गर्नुभयो । उहाँले नेपालमा पनि सरकार र राजनीतिक दलहरुमा आसेपासे र अहंकारी प्रवृत्तिको विकास भइरहेको उल्लेख गर्नुभयो । अध्यक्ष भट्टराईले राज्यसत्तामा गएकोले राज्य सत्ताको दुरुपयोग गरिरहेको उल्लेख गर्दै सत्तामा जाने भनेकै देश लुट्नका लागि भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘श्रीलंकामा राजापक्ष परिवारमा जे गरेपनि हुन्छ भन्ने अहंकार आएपछि देश कस्तो भयो, उनीहरुले जति भ्रष्टाचार गरे, आसोपासेलाई पदमा राखेर आएको परिणाम नेपालमा त भएको छैन ? यहाँ प्रत्येक पार्टीभित्र त्यही किसिमको आसेपासो भएको छ । राज्यसत्तामा गएकोले राज्य सत्ताको दुरुपयोग गरेको छ । सत्तामा जाने भनेकै लुटेर धन कमाउने भएको छ । धन प्रयोग गरेर चुनाव जित्ने र फेरि राज्य सत्तामा पुगेर राज्यसत्ताको दुरुपयोग गर्ने यो दुःष्चत्रमा नेपाल फसेको छ । नेपाल पनि त्यही गम्भीर संकटमा छ ।’

अध्यक्ष भट्टराईले धन प्रयोग गरेर चुनाव जित्ने र फेरि राज्य सत्तामा पुगेर राज्यसत्ताको दुरुपयोग गर्ने यो दुःष्चत्रमा नेपाल फसेको दाबी गर्नुभयो उहाँले नेपाल पनि श्रीलंका जस्तै गम्भीर संकटमा रहेको उल्लेख गर्नुभयो ।