२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन क्षेत्रलाई उकास्ने रणनीतिक योजना प्रस्तुत गर्छुः जीवनराम श्रेष्ठ (भिडियो)



अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले केही दिनमै पर्यटन क्षेत्रलाई उकास्ने रणनीतिक योजना सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित विश्वका सबैभन्दा धेरै उचाईमा होटल खोलेर गिनिज बुक अफ दि वल्र्ड रेकर्डमा नाम लेखाउन सफल होटललाई शुभकामना एवं आधिकारिक प्रमाणपत्र प्रदान गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री श्रेष्ठले विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलमा नेपालले रेकर्ड बनाएको भन्दै खुशी व्यक्त गर्नुभयो । सोलुखुम्बु जिल्लाको गोरखसेप एभरेष्ट बेस क्याम्प नजिकको गाउँ ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको होटल बनेको छ ।

यो होटल ५ हजार १ सय ८० मिटर उचाइमा अवस्थित छ । ‘वल्र्ड बुक्स रेकर्ड’ लण्डनबाट विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलका रुपमा ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ले आधिकारिक प्रमाणपत्र पाएको छ । मन्त्री श्रेष्ठले कोरोनाका कारण रुग्ण बनेको पर्यटन क्षेत्रलाई तन्दुरुस्त बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो उहाँले यस किसिमका पर्यटनमुखी कामले देशको नाम उच्च बनाउने बताउनु भयो ।

मन्त्री श्रेष्ठले भन्नुभयो, ‘यो सबै नेपालीहरुको लागि खुशीको विषय हो । विश्वका सबैभन्दा धेरै उचाईमा होटल रहेको भन्ने गिनिज बुक अफ दि वल्र्ड रेकर्डमा रहेको कुरा छ । यसले नेपाललाई चिनाउने विभिन्न बयानमध्ये अर्को एउटा बयानको रुपमा होटेल रहनसक्नेछ भन्ने मलाई लागेको छ । पर्यटन क्षेत्रलाई कसरी पहिलाकै अवस्थामा फर्काउने भन्नेमा मन्त्रालय लागिरहेको छ । केही दिनभित्रमा पर्यटन क्षेत्रको व्यवसायलाई पुनः स्थापित गर्ने एजेण्डाहरु घोषणा गर्नेछौँ ।’

एभरेष्ट इन प्राइभेट लिमिटेड होटल ५ हजार १ सय ८० मिटरको उचाईमा बनाइएको छ । यसअघि सन् २००४ मा होटल एभरेस्ट भ्यूलाई विश्वकै सबैभन्दा अग्लो ठाउँमा रहेको होटलको रुपमा गिनिज बुकमा दर्ता गरिएको थियो । यो होटल सन् १९७१ मा खोलिएको थियो । यो होटल ३ हजार ८८० मिटरको उचाईमा अवस्थित थियो ।