२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धन गर्न कुटनीतिज्ञको भुमिका महत्वपुर्ण : मन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धनका लागि कुटनीतिज्ञहरुको भुमिका महत्वपुर्ण हुने बताउनुभएको छ । हालै नियुक्त तथा प्रस्तावित विभिन्न देशका राजदुतहरुसँग मन्त्रालयले सोमबार गरेको अन्तर्क्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालमा विदेशी पर्यटकको आगमन बढाउन कुटनीतिज्ञहरुको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । विदेशस्थित सबै नियोग परिचालन गरेर नेपालमा विदेशी पर्यटकको आगमन बढाउन सकिने मन्त्री श्रेष्ठले बताउनुभयो ।

सबैको पहलमा विदेशी पर्यटक भित्र्याउन सके महामारीबाट थलिएको पर्यटन क्षेत्रले गति लिने विश्वास उहाँले व्यक्त गर्नुभयो । राजदुतावास, स्थायी नियोग, महावाणिज्य दुतावास तथा अवैतनिक बाणिज्य दुतावासहरुले पर्यटक आकर्षित गर्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । राजदुतहरुले व्यापार, लगानी , पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा भुमिका खेल्नुपर्ने उहाँको भनाइ छ ।

पर्यटन विस्तारका लागि हवाइ उडानको भुमिका महत्वपुर्ण हुने बताउनुहुँदै उहाँले सरकारले हवाई यातायात र विमानस्थलहरलाई सुरक्षामैत्री बनाउने बताउनुभयो । नेपालको हवाई उडानलाई ईयूको ‘सुरक्षा चासो’ को सूचीबाट हटाउन पहल गर्ने उहाँले बताउनुभयो । साथै उहाँले छिमेकी मुलुक भारतलाई नयाँ हवाई प्रवेश बिन्दु खुला गरिदिन आग्रह गरिएको बताउनुहुँदै आफ्नो कार्यकालमा नयाँ प्रवेश बिन्दु खुला हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नवनियुक्त तथा प्रस्तावित राजदुतहरुले नेपालको पर्यटन विस्तारका लागि प्रवर्द्धनात्मक कार्यक्रमहरु गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।