१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय समितिको बैठक सुरु



फाईलफोटो
अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । केही समयअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो ।

स्थानीय तह निर्वाचनपछि कांग्रेस केन्द्रीय समिति बैठक पहिलो पटक बसेको हो । बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने एवं बैठकले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीति बनाउने नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

आगामी निर्वाचनमा पनि सत्ता गठबन्धनलाई निरन्तरता दिने आम भावना रहेको बताउँदै महतले त्यसबारे पनि बैठकमा छलफल गर्ने बताए ।

अर्कोतर्फ, डा. शेखर कोइराला पक्षले बैठकमा सभापति शेरबहादुर देउवाको कार्यशैली र सरकारको कामकारबाहीको विषयलाई प्राथमिकताका साथ उठाउने बुझिएको छ ।