२९ मंसिर २०८२, सोमबार
,
Latest
अनिल सिन्हाको संयोजकत्वमा सरकारले बनायो दलहरूसँग संवादका लागि समिति रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट विदाई योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त प्रधानाध्यापक ठाकुरविरूद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर अग्नि खरेलले छाडे ओलीको साथ, सचिवमा स्वतन्त्र उम्मेदवारी दर्ता एमाले महाधिवेशनः भीम आचार्यद्वारा उपाध्यक्ष पदमा मनोनयन दर्ता यु–१९ एसिया कपः बङ्गलादेशद्वारा नेपाल पराजित एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस् प्रदेश सरकारको अस्तव्यस्तताका कारण आयोगको वाार्षिक कार्यतालिका प्रभावितः अध्यक्ष यादव एमाले महाधिवेशनः ईश्वर पोखरेलको उम्मेदवारी दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक परिषद्सम्बन्धी विधेयक, प्रधानमन्त्रीलाई कसले सल्लाह दिन्छ ? : विश्वप्रकाश शर्मा



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक परिषद्सम्बन्धी विधेयक अविलम्ब फिर्ता हुनुपर्ने बताउनुभएको छ ।

सामाजिक सञ्जाल ट्विटरमा उहाँले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको गलतक कामलाई प्रधानमन्त्री शेरबहादुर देउवाले दोहोर्याउनुभएको भन्दै यस्तो काम गर्न प्रधानमन्त्रीलाई कसले सल्लाह दियो भनी प्रश्न गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “ओलिको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा सतप्रतिशत प्रष्ट छौं हामी ! संवैधानिक परिषद्सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दुःखद छ, प्रधानमन्त्रीको गम्भीर जवाफदेहीता जरुरी छ !”