२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ नेता जियान्चाओबीच भेट



अ+ अ-

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख जियान्चाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेलगत्तै आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गर्नुभएको हो । परराष्ट्र मन्त्रीलाई भेट्न जियान्चाओसहित ७ सदस्यीय भ्रमण टोली सिंहदरबार पुगेको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार उहाँले भोली (सोमबार) राष्ट्रपति विद्यादेवी भण्डारी, प्रमुख प्रतिपक्ष दलका नेता नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणमा जाने तयारी भईरहेका बेला चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख जियान्चाओको नेपाल भ्रमणलाई रुचिपूर्वक हेरिएको छ ।