४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

विश्वका पाँच सबैभन्दा विषालु जीव, जसले टोक्दा एकै क्षणमा मानिसको ज्यान जान सक्ने

विश्वका पाँच सबैभन्दा विषालु जीव, जसले टोक्दा एकै क्षणमा मानिसको ज्यान जान सक्ने
अ+ अ-

एजेन्सी । पृथ्वीमा धेरै सुन्दर जीवहरू पाइन्छन् । यी जीवहरूले आफ्नो सुन्दरताले मानिसहरूलाई आकर्षित गर्छन् । संसारमा पाइने जीवहरूको आफ्नै विशेषता छ । यी धेरै सुन्दर देखिने जीवहरू कुनै अत्यन्तै विषाक्त छन् भने केही जीव सामान्य पनि छन् ।

मानिसहरु विषालु प्राणीहरुसँग डराउँछन् र उनीहरुबाट टाढा रहन प्रयास गर्छन् । आज हामी तपाईलाई केहि यस्ता जीवहरुको बारेमा बताउन गइरहेका छौँ जो निकै विषालु र खतरनाक हुन्छन् । यी जीवहरूको विष यति खतरनाक हुन्छ कि टोक्दा एकै क्षणमा मानिसको ज्यान जान सक्छ ।

फनेल–वेब स्पाइडर


फनेल वेब स्पाइडर मूल रुपमा अस्ट्रेलियामा पाइन्छ । त्यसैले यसलाई अस्ट्रेलियन फनेल वेब स्पाइडर पनि भनिन्छ । यसको विष साइनाइड भन्दा पनि खतरनाक छ । भनिन्छ यदि यो माकुराले कसैलाई टोक्यो भने १५ मिनेटमा मृत्यु हुनसक्छ ।

जेलीफिश


जेलीफिस एक खतरनाक प्राणी हो, त्यसमध्ये बक्स जेलीफिस अत्यन्तै विषालु हुन्छ । हालसम्म विश्वमा पाइने विषालु प्राणीमध्ये यो सबैभन्दा विषालु हो । यसको विषले एक पटकमा ६० जनाको ज्यान जान सक्ने बताइएको छ । बक्स जेलीफिसको विष मानव शरीरमा पुगेपछि एक मिनेटमै मानिसको मृत्यु हुन सक्छ ।

इन्डियन रेड स्कर्पियन


बिच्छीहरूमध्ये यो संसारको सबैभन्दा विषालु बिच्छी हो । ‘इन्डियन रेड स्कर्पियन’ को नामले प्रख्यात यो मूलतः भारतमा पाइन्छ । पाकिस्तान, बंगलादेश र नेपाल, भारतलगायत दक्षिण एसियाका देशमा पाइने यो बिच्छीले मानिसलाई टोकेमा ७२ घण्टामा उक्त व्यक्तिको मृत्यु हुन्छ ।

ब्लू रिङ्ड अक्टोपस


अक्टोपसको बारेमा हामी सबैलाई थाहा छ । विश्वमा ३०० भन्दा बढी प्रजातिका प्रजातिहरू पाइन्छ तर तीमध्ये ‘ब्लू रिङ्ड अक्टोपस’ सबैभन्दा खतरनाक र विषालु हुन्छ । भनिन्छ कि यसको विषले मात्र ३० सेकेन्डमा मानिसको ज्यान लिन सक्छ । एक टोकाइमा यति धेरै विष हुन्छ कि यसले लगभग २५ मानिसलाई मार्न सक्छ । यो हिन्द महासागर र अष्ट्रेलिया को समुद्रमा पाइन्छ ।

कोन स्नेल


कोन स्नेल स्नेल धेरै खतरनाक हुन्छ । यो यति खतरनाक छ कि यसले जो कोहीलाई क्षणभरमा पक्षाघात गर्न सक्छ । संसारभरी घोंगीका ६०० भन्दा बढी प्रजातिहरू छन्, तर यो तिनीहरूमध्ये सबैभन्दा विषालु रहेको छ ।