२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुढीगंगामा प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) ले बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा विजयी भएका छन् । एमालेबाट प्रमुखका लागि उम्मेदवार बनेका रामबहादुर बानियाँ विजयी बनेका हुन् । उहाँका प्रत्याशी नेपाली कांग्रेसका उम्मेदवार रंगबहादुर खाती रहनु भएकाे थियाे ।

त्यस्तै उपप्रमुख पदमा पनि एमालेबाटै मायाकुमारी खड्का विजयी बनेकी छन् ।

मतगणनाअनुसार १० वटा वडामध्ये ७ वडाध्यक्षसहित एमालेका उम्मेदवार विजयी भएका हुन् । नेपाली कांग्रेसले ३ वटा वडा जितेको छ । वडा नम्बर १, २, ३ , ५, ७ ९, र १० मा एमाले ४, ७ र ८ को अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भए ।

मेयरमा एमालेका रामबहादुर बानियाँले ४ हजार ७७७ मत पाउँदा कांग्रेसका रंगबहादुर खातीले ३ हजार ७७३ मत ल्याए। त्यस्तै

उपमेयरमा एमालेकी मायाकुमारी खड्का ४ हजार ७२७ मतसहित विजयी भइन् भने कांग्रेसकी रिता शाहीले ३ हजार ७५५ मत ल्याइन् ।

बुढीगंगामा कूल नौ हजार ११७ मत खसेको थियो ।