१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

काठमाडौँ महानगरको नगर सभा ११ अधिवेशन सम्पन्न: बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत पारित

न्यायिक समितिका सदस्यहरुको शपथ ग्रहण सम्पन्न

काठमाडौँ महानगरको नगर सभा ११ अधिवेशन सम्पन्न: बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत पारित
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर सभा ११ औँ अधिवेशन आजबाट सकिएको छ । असार ५ गतेबाट सुरु भएको अधिवेशनमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले आर्थिक बर्ष २०७९/०८० का लागि वार्षिक नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो । यो प्रस्ताव असार ८ गते बसेको सभाको दोस्रो बैठकले सर्वसम्मत पारित गरेको थियो ।

असार १० गते सम्पन्न सभाको तेस्रो बैठकमा उपप्रमुख सुनिता डंगोलले आर्थिक बर्ष २०७९/०८० का लागि २५ अर्व ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको अनुमानित बजेट पेश गर्नुभएको थियो । त्यसै बैठकमा सभाका अध्यक्ष एवं महानगरका प्रमुख शाहले आर्थिक विधेयक र उपप्रमुख डंगोलले विनियोजन विधेयक पेश गर्नुभएको थियो ।

यसरी पेश गरिएको बजेट तथा कार्यक्रममाथि असार १७, २२ र आज (२४) गते बसेको बैठकमा छलफल भएको थियो । छलफलका क्रममा उठेका सुझावलाई समेटेर आजको बैठकले आर्थिक बर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम र विनियोजन विधेयक सर्वसम्मत पारित ग-यो । सभा पेश भएको आर्थिक विधेयक असार १७ गते बसेको चौथो बैठकबाट पारित भएको थियो ।

यसरी पारित भएको नीति, बजेट तथा कार्यक्रमले आगामी बर्षमा महानगरका गतिविधिहरु थप संस्थागत हुँदै जाने बैठकका अध्यक्ष एवं महानगरका प्रमुख शाहले विश्वाश व्यक्त गर्नुभयो । ‘सभामा पेश भएका सबै प्रस्तावहरु माथि सौहाद्र छलफल भयो । सर्वसम्मत पारित भयो । बजेट, नीति तथा कार्यक्रमसहित विभिन्न नीतिगत र कानुनी व्यवस्था सम्बन्धी निर्णय भयो ।’ प्रमुख शाहको भनाइ छ ।

बैठकको सहभागिता र छलफल सकारात्मक र उर्जा दिने खालको रह्यो । अधिवेशनका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रमुख एवं बैठकका उपाध्यक्ष सुनिता डंगोलले भन्नुभयो, ‘मागका रुपमा आएका विषय लिखित रुपमा आएका छन् । यसले संस्थागत आचरणलाई टेवा पु¥याउँछ ।’

आज न्यायिक समितिका सदस्यहरुको पद तथा गोपनीयताको शपथ सम्पन्न भएको छ । आज नै सम्पन्न भएको निर्वाचनबाट वडा २९ का अध्यक्ष कुश ढकाल र वडा ११ की महिला सदस्य आशा श्रेष्ठ रौनियार निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँहरुलाई महानगरका प्रमुख शाहले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । त्यसैगरी निर्वाचन अधिकृत दिपक अधिकारीले न्यायिक समितिको सदस्यमा निर्वाचित भएको प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

नेपालको संविधानको धारा २१७ मा स्थानीय विवादको समाधान गर्न ३ सदस्यीय न्यायिक समितिको व्यवस्था गरेको छ । जसमध्ये उपप्रमुख संयोजक हुने र बाँकी २ जना नगर सभा सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

अधिवेशनको पाँचौ अधिवेशनबाट महानगरका निर्देशक दिपक अधिकारीलाई निर्वाचन अधिकृत तोकेको थियो ।

आज भवन मापदण्ड २०७५ मा केही संशोधन गरिएको छ । महानगरमा पार्किङ्का लागि छुट्टै नीति नभएकोले पार्किङ्लाई व्यवस्थापनलाई सहज बनाउन गर्न मापदण्डमा केही संशोधन गरिएको हो । मापदण्डअनुसार बहुतले पार्किङ्को फ्लोर एरिया रेसियो (फार) लाई ४ कायम गरिएको छ । सेडव्याक छोडेर बाँकी सबै जमिनमा निर्माण कार्य गर्न पाइनेछ । मेकानिकल र स्टिल स्ट्रक्चरमा थप १ फार उपलब्ध हुनेछ । यो मापदण्ड स्मारक क्षेत्रमा भने लागु हुनेछैन । संशोधनअनुसार महानगर आफैँले चार किल्ला तोकेर सम्पदा क्षेत्र बनाउन सक्ने त्यसका लागि छुट्टै मापदण्ड बनाउन सक्ने व्यवस्था गरेको छ ।

३ वटा समिति गठन

आजको बैठकले नगर सभाअन्तर्गत लेखा, विधायन र विकास तथा सुशासन गरी ३ वटा समिति गठन गरेको छ । समितिका पदाधिकारी यसअनुसार हुनुहुन्छ ।

लेखा समिति
गायत्री पुडासैनी, वडा नं. ६ — संयोजक
रेसल श्रेष्ठ, वडा नं. २० — सदस्य
सतिश तण्डुकार, वडा नं. १० — सदस्य
हीरादेवी पोरखेल, वडा नं. २१ — सदस्य
शर्मिला परियार, वडा नं. ३ — सदस्य

विधायन समिति
रुपा थापा, वडा नं. ७ — संयोजक
नानीहेरा डंगोल, वडा नं. १२ — सदस्य
प्रवेश श्रेष्ठ, वडा नं. २६ — सदस्य
हुमादेवी आचार्य, वडा नं. ३१ — सदस्य
पुष्प महर्जन, वडा नं. १६ — सदस्य

विकास तथा सुशासन समिति
सिर्जना भेटवाल, वडा नं. ९ — संयोजक
न्हुच्छेदेवी महर्जन, वडा न. २१ — सदस्य
रेणुकमल शाही, वडा नं. १९ — सदस्य
जितेन्द्र खड्गी, वडा नं. १७ — सदस्य
अप्सरा खत्री, वडा नं. १५ — सदस्य

यी समितिहरुको सदस्य सचिवका रुपमा सम्बन्धित विभागका प्रमुखहरुले गर्नुहुनेछ ।