८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय

सर्वोच्चले हरेक दिन हरेक इजलासमा ३२ वटा मुद्दा फस्र्यौट गर्ने

सर्वोच्चले हरेक दिन हरेक इजलासमा ३२ वटा मुद्दा फस्र्यौट गर्ने
अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले हरेक दिन हरेक इजलासमा ३२ वटा मुद्दा फस्र्यौट गर्नेगरी मुद्दा व्यवस्थापन रणनीति लागू गर्ने भएको छ ।

सर्वोच्च अदालतमा पुराना मुद्दाको छिनोफानो हुन नसकेर थुप्रिँदै गएपछि कार्ययोजना बनाएर पुराना मुद्दा फस्र्यौट गर्नेगरी मुद्दा व्यवस्थापन रणनीति लागू गर्ने भएको हो । शुक्रवार पत्रकार सम्मेलन गर्दै सर्वोच्चले अदालतमा विचाराधिन अवस्थामा रहेका पुराना मुद्दाहरु शुन्यमा पु¥याउने लक्ष्य राखेको बताएको छ । मुद्दाहरुलाई शुन्यमा झार्न प्रतिदिन प्रत्येक इजलासमा ३२ वटा मुद्दा फस्र्याैट गर्नुपर्ने अदालतले बताएको छ ।

पुराना मुद्दाको चाप घटाउन शुक्रवार आधा दिनको कार्यालय समय बढाएर बेलुका ५ बजेसम्म राख्ने योजना रहेको पनि अदालतले बताएको छ । पत्रकार सम्मेलनमा सर्वोच्च अदालतका सहायक रजिस्ट्रार विमल पौडेलले विचाराधीन अवस्थामा रहेका पुराना मुद्दा र सर्वोच्च अदालत मा ५ वर्षसम्म रहेका मुद्दाहरुलाई मुद्दा व्यवस्थापन प्रतिवेदनले तोकेअनुसार काम गर्ने बताउनु भयो । पुराना मुद्दाको चापले अदालतको नियमित सुनुवाई समेत प्रभावित भएकोले आगामी साउन पहिलो हप्तादेखि पुराना मुद्दा शुन्यमा झार्नेगरी काम हुने बताउनु भयो ।

सर्वोच्च अदालतले तयार गरेको कार्ययोजना अनुसार ५ वर्ष पूरा भएका र रिट दर्ता भएर ३ वर्षदेखि पेसी नतोकिएका मुद्दाहरुको पेसी पुनः स्थगीत नहुनेगरि तोकिने व्यवस्था कार्ययोजनामा राखिएको छ । पत्रकार सम्मेलनमा सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नारायाण पन्थीले पुराना मुद्दाका पेसी नसर्ने गरी काम गर्न कानून व्यवसायीले समेत सकारात्मक भुमिका खेल्नुपर्ने बताउनु भयो ।

यस्तै सर्वोच्च अदालतमा कानून व्यवसायीको पृष्ठभूमिबाट न्यायाधीश बन्नु भएकाहरुको ल फर्मबाट आएको पुराना धेरै मुद्दा हेर्न नमिल्ने अवस्थामा रहेको समस्यालाई कार्ययोजनाले पूर्ण इजलासमा राखेर हेर्न मिल्ने गरी सुल्झाएको छ । यस्तै निवेदन तहका मुद्दाहरु दर्ता भएको दिन नै प्रकृति हेरी तत्काल सुनुवाईमा लैजाने गरी काम गर्नेपनि सर्वोच्च अदालतले बताएको छ । सर्वोच्च अदालतले बनाएको कार्य योजनालाई न्यायाधीशहरुको पूर्ण बैठकले अनुमोदन गरिसकेको छ ।