१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

नागरिकता विधेयक फिर्ता लिने सरकारको प्रस्तावमा एमालेको आपत्ति

नागरिकता विधेयक फिर्ता लिने सरकारको प्रस्तावमा एमालेको आपत्ति
;+3Lo ;+;bsf] k|ltlglw ;efsf] z'qmjf/ j;]sf] j}7sdf u[xdGqL afns[i0f vf+0fn] k]z ug'{ ePsf] g]kfnsf] gful/stf ljw]os @)&%nfO{ lkmtf{ lng] k|:tfjsf] ljkIfdf cfkmgf] wf/0ff /fVb} Pdfn]sf ;f;+b z]/jxfb'/ z]/ jxfb'/ tfdfª . t:jL/ M k|bLk/fh jGt,/f;;
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रतिनिधि सभामा रहेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ लाई फिर्ता लिने सरकारको प्रश्तावमा आपत्ति जनाएको छ ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिने प्रश्ताव पेस गर्नुभएको छ । सो प्रश्तावको बिरोध गर्दै नेकपा (एमाले) का सांसद कृष्णभक्त पोखरेलले विधेयक फिर्ता गरेर सरकारले संसदीय प्रणालीलाई नै चुनौती दिएको बताउनु भयो । उहाँले विधेयक हुन्छ कि हुँदैन भनेर हात उठाउँदा पारित हुने अवस्थामा रहेको उल्लेख गर्दै अर्को विधेयक शुन्य अवस्थाबाट शुरु गर्दा पारित हुने सुनिश्चितता नरहेको बताउनु भयो ।

उहाँले सरकार जनताको अधिकार सुनिश्चित गर्नमा गम्भिर नभएको बताउनु भयो । उहाँले भन्नुभयो – ‘केपी ओली सरकारले संसदमा २०७५ साल श्रावण २२ गते जसरी अरु मौलिक हकको कार्यान्वयनको विधेयकहरु ल्यायो त्यसरी नै यसलाई महत्व दिएर विधेयक दर्ता ग¥यो । तर क–कसका कारणले त्यो विधेयक दुई वर्षसम्म समितिमा रह्यो ? आज जनताले त्यो प्रश्न खोजिरहेका छन् । ३४ वटा औपचारिक बैठक, अनेकौँ अनौपचारिक बैठक बसेर भएपनि समितिले मिहेनतपूर्वक संसदमा दर्ता गरेर अबचाहीँ चहर-याइरहेको घाउमा मल्हम लाग्छ होला, अब चाहीँ जन्मसिद्धका सन्तानले पनि नागरिकता प्राप्त गर्छ होला, आमाको नामको आधारमा मैले ढुक्कसँग नागरिकता प्राप्त गर्छु होला भनेको बेला यो संसदमा हुन्छ कि हुन्न भनेर पास गरेर जनताको अधिकार सुनिश्चित गर्ने बेलामा अर्को संसदीय प्रणालीमाथि नै चुनौती दिनेगरी संसदले गरेको त्यत्रो मिहेनतलाई कुनै वास्ता नगरिकन, अहिले फेरि विधेयक ल्याइँदैछ अर्थात् जिरो पोइन्टबाट शुरु गरेपछि यही संसदबाट यो पास हुन्छ भन्ने कुराको कुनै सुनिश्चितता छ ? अर्थात् यो सरकार जनताको अधिकार सुनिश्चितता गर्ने दिशामा कुनै गम्भिर छैन । अहिले यहाँ हुन्छ कि हुन्न ? भनेर हात उठाएर पास भएर भोलिदेखि लागू हुने विधेयक पनि रोक्ने जुन षड्यन्त्र छ, त्यसको हाम्रो पार्टी नेकपा(एमाले) गम्भिर ढंगले आपत्ति जनाउँछ, बिरोध गर्छ । भत्र्सना गर्दछ ।’

उहाँले नमिलेको विषयलाई यही संसदमा छलफल गर्नुपर्ने बताउनु भयो । त्यसैगरी नेकपा (एमाले) का सांसद भीम रावलले वर्तमान सरकार काम चलाउ रहेको भन्दै विधेयक फिर्ता लिने प्रश्ताव संवैधानिक, कानूनी, लोकतान्त्रिक प्रक्रिया र संसदीय अभ्यासको प्रतिकुल रहेको बताउनु भयो । उहाँले प्रश्ताव फिर्ता लिन गृहमन्त्री खाँणलाई आग्रह गर्नुभयो । उहाँले नागरिकतालाई राजनीतिक स्वार्थको हतियार नबनाउन पनि आग्रह गर्नुभयो ।

नेकपा (एमाले) का सांसद शेरबहादुर तामाङले नागरिकता विधेयक संसदबाट फिर्ता लिने प्रश्ताव गर्नुले भ्रुण हत्या भएको टिप्पणी गर्नुभयो । उहाँले विद्यमान विधेयकलाई नै पारित गर्नुपर्ने बताउनु भयो । उहाँले नयाँ नागरिकता विधेयक ल्याउँदा विधेयकको सबै प्रक्रिया पूरा गरी पारित गर्ने समय नै यो संसदसँग नरहने बताउनु भयो ।

उहाँले विधेयक फिर्ता नलिन सरकारलाई आग्रह गर्नुभयो । विधेयक फिर्ता लिएर सरकारले संविधानको धारा १० को उल्लंघन गरेको उहाँको भनाई छ ।