१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

‘नागरिकता विधेयक फिर्ता ल्याएर राष्ट्रिय सहमतिमा पास गर्नुपर्छ’

‘नागरिकता विधेयक फिर्ता ल्याएर राष्ट्रिय सहमतिमा पास गर्नुपर्छ’
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराइले नागरिकता विधेयक फिर्ता गरेकोप्रति आपत्ति जनाउँदै फिर्ता ल्याएर पास गर्न माग गर्नुभएको छ ।

राष्ट्रियसभाको आजको विशेष समयमा उहाँले उक्त विधेयक बनाउनका लागि दुई वर्षसम्म करोडौँको लगानी गरेर नागरिकता विधेयक फिर्ता गर्नु आपत्तिजनक भएको बताउनुभयो । “नागरिकता विधेयक समितिबाट पास भएर राष्ट्रियसभामा पनि आउँछ भन्ने लागेको थियो”, उहाँले भन्नुभयो, “दुई वर्षसम्म करोडौँ लगानी गरेर विधेयक फिर्ता गरियो, त्यो फिर्ता ल्याउन माग गर्छु ।”

उहाँले मधेशमा जन्मसिद्ध नागरिकता पाउनका लागि ठूलो समस्या भएको र धेरै युवा नागरिकताबाट वञ्चित भएको उल्लेख गर्दै भन्नुभयो, “यस विषयमा म गृहमन्त्रीबाट यो जवाफ चाहान्छु, त्यो फिर्ता ल्याएर पास गरी त्यसलाई अघि बढाउन माग गर्दछु ।”

उहाँले बजेट निर्माण प्रक्रियामा करका दर हेरफेरमा अनाधिकृत व्यक्ति प्रवेश गरेको विषयलाई लिएर अर्थमन्त्री जनार्दश शर्माले राजीनामा दिनु सकरात्मक भएको र छानबिन समितिले सत्यतथ्य बाहिर ल्याउने विश्वास व्यक्त गर्नुभयो । “नीतिलाई आत्मसाथ गर्नुपर्छ, राजनीतिक मूल्य मान्यता र परम्परालाई अगाडि बढाउन जरुरी छ, गलत व्यवहारमा प्रश्न उठेपछि आफैले नैतिकताका आधारमा बुझनुपर्ने हो”, उहाँले भन्नुभयो, “त्यसका लागि आन्दोलन गर्नुपर्ने ठीक होइन, सही संस्कृतिलाई स्थापित गर्नुपर्ने ठाउँमा हामी छौँ ।”

युवालाई रोजगारी, पुँजी र प्रविधिको सदुपयोग हुन नसकेको समेत उहाँको भनाइ थियो । सांसद नारायणदत्त मिश्रले बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्तिको प्रयोग भएको भन्ने कुरामा अर्थमन्त्रीले राजीनामा दिएको तर यसअघि पनि यस्ता समिति बन्दा अर्थमन्त्रीले राजीनामा नदिएको स्मरण गर्नुभयो ।

“संसद्मा यसअघि पनि विभिन्न समिति बनेको थिए, तर अर्थमन्त्रीले राजीनामा दिनुपरेको थिएन”, उहाँले थप्नुभयो, “अर्थमन्त्रीले राजीनामा दिएर नैतिकता देखाउनुभएको छ ।” सांसद मिश्रले प्रत्येक वर्ष किसानलाई मलको अभाव हुने गरेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उपलब्ध गराउन माग गर्नुभयो ।

सांसद डा युवराज शर्माले नागरिकता विधेयक फिर्ता ल्याएर राष्ट्रिय सहमतिका साथ अगाडि बढाउन माग गर्नुभयो । धेरै नेपाली युवा नागरिकताबाट वञ्चित हुँदा अवसर गुमाउनुपरेको हुँदा नागरिकता विधेयकलाई राष्ट्रिय सहमतिका साथ पास गर्नुपर्ने उहाँले बताउनुभयो । सांसद शर्माले नेपाल कृषिप्रधान देश भएकाले बाँकेलाई विशेष कृषिमुखी बनाउन ध्यान सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद उर्मिला अर्यालले अर्थमन्त्रीमाथि उठेका प्रश्नका बारेमा छानबिन समितिले सत्य अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले देशका विभिन्न ठाउँ रामेछाप, प्यूठानलगायतका स्थानमा बस दुर्घटना भएर धेरै व्यक्तिको मृत्यु तथा घाइते भएको हुनाले सडक सवारीलाई सुरक्षित बनाउन सरकारको ध्यानार्कषण गराउनुभयो ।
सांसद जन्यतीदेवी राईले पछिल्लो समयमा सडक दुर्घटनाबाट अकालमा धेरैले ज्यान गुमाइरहनुपरेको स्मरण गर्दै सडक यातायातलाई सुरक्षित बनाउन र भाडादरमा समेत एकरुपता हुनुपर्नेमा जोड दिनुभयो । उहाँले बजारमा मूल्यवृद्धिका कारण जनजीवन निकै प्रभावित भइहरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै अनुगमन र खाद्यपदार्थको गुणस्तरमाथि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद सुमित्रा बिसीले अर्थमन्त्रीले तीन महिनासम्म राख्नपर्ने सिसीटिभी फुटेजलाई १३ दिनमै हटाएकोप्रति आपत्ति जनाउनुभयो । उहाँले छानबिन समितिले प्रमाण पत्ता लगाएर निष्पक्ष छानबिन गर्नेमा आफू आशावादी बनेको उल्लेख गर्दै भन्नुभयो, “अर्थमन्त्रीले राजीनामा मात्र दिएर पुग्दैन, दोषी ठहर भएमा कारबाहीसमेत गरियोस् ।”