१९ मंसिर २०८२, शुक्रबार
,
Latest
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रले चाँडै विशेष महाधिवेशन गर्ने



file
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले छिट्टै विशेष महाधिवेशन गर्ने भएको छ । पार्टीको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाँडै विशेष महाधिवेशन गर्ने बताउनुभएको हो ।

उहाँले समाजवाद र त्यससम्बन्धी कार्यक्रम निर्माण तथा अन्य विषयमा गम्भीर छलफल गर्ने गरी छिट्टै विशेष महाधिवेशन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

गत पुस महिनामा पार्टीको आठौँ महाधिवेशन भएको थियो । यद्यपि महाधिवेशन भएको यतिका समयसम्म पनि पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो कमिटी बन्न सकेको छैन ।

जारी केन्द्रीय समितिको बैठकमा नेताहरुले ती कमिटीलाई पूर्णता दिन पार्टी अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए ।