२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अर्थमन्त्री दोषी छन्, पदमा राखेर छानबिन हुन सक्दैन’



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद योगेश भट्टराईले जनार्दन शर्मालाई अर्थमन्त्रीको हिसाबमा बोल्ने नैतिक अधिकार नभएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै सांसद भट्टराईले जनार्दन शर्माले अब अर्थमन्त्रीका रुपमा संसदमा बयान दिन नपाउने बताएका हुन् ।

‘संसदीय समितिले दोष छ कि छैन भनेर छान्ने होइन । उहाँ स्वत दोषी प्रमाणित हुनुहुन्छ । उनले भने ‘पदमा बस्ने हो भने पदको दुरुपयोग भएर प्रमाणहरु गायब हुन्छ ।’

बजेट निर्माणका क्रममा करको दर हेरफेरमा अनाधिकृत व्यक्ति संलग्न भएको भन्दै प्रश्न उठेपछि संसदले बुधबार ११ सदस्यीय संसदीय छानबिन विशेष समिति बनाएको छ ।

संसदीय विशेष समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् ।