४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन

मौद्रिक नीतिबाट शेयर कर्जा नियन्त्रण नगर्नुस्ः अध्यक्ष मैनाली

मौद्रिक नीतिबाट शेयर कर्जा नियन्त्रण नगर्नुस्ः अध्यक्ष मैनाली
अ+ अ-

काठमाडौं । स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले मौद्रिक नीतिमार्फत शेयर कर्जा नियन्त्रण नगर्न सुझाव दिनुभएको छ ।

आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकले दुई दिन अगाडि आयोजना गरेको सुझाव संकलन कार्यक्रमा बोल्दै अध्यक्ष मैनालीले यस्तो बताउनुभएको हो । उहाँले शेयर बजारमा लगानी गर्नको लागि बैंकबाट लिने कर्जाले आर्थिक गतिविधिलाई चलायमान बनाउने भएकाले राष्ट्र बैंकले शेयर कर्जामा धेरै नियन्त्रण गर्ननहुने बताउनु भयो । अध्यक्ष मैनालीले राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा शेयर कर्जामा ४÷१२ को क्याप लगाएकाले बजारमा समस्या आएको बताउनु भयो ।

उहाँले आगामी मौद्रिक नीतिमा शेयर कर्जामा ४÷१२ को क्यापलाई हटाउनुपर्ने बताउनु भयो । अध्यक्ष मैनालीले शेयर कर्जामा सीमा लगाउने भन्दापनि पहँुच र पावरको दुरुपयोग गरेर कर्जा लिएर बजारमा चलखेल गर्नेलाई कारबाही नियन्त्रण गर्नुपर्नेमा सबैलाई एकै ठाउँमा राखेर नीति ल्याउनु नहुने बताउनु भयो ।

उहाँले कमजोर र बलियो संस्थाको शेयरमा एकै प्रकारको मार्जिन नियम वैज्ञानिक नभएको भन्दै त्यस्तो व्यवस्थालाई मौद्रिक नीतिमार्फत संशोधन गर्नुपर्ने बताउनु भयो । अध्यक्ष मैनालीले राष्ट्र बैंकको घुमाउरो नीतिले बैंक तथा वित्तीय संस्थालाई शेयर खरिद गर्न रोक लगाएको कारण पनि शेयर बजार जोखिममा पुगेको बताउनु भयो । उहाँले अहिले कुनैपनि बैंक तथा वित्तीय संस्थाहरु शेयरमा लगानी गर्न छाडेको भन्दै वित्तीय संस्थाहरुलाई शेयर खरिद गर्नदिए जोखिममा रहेको बजार सुधार हुनसक्ने बताउनु भयो । अध्यक्ष मैलानीले उत्पादनमुलक क्षेत्रका कम्पनीहरुलाई बुक बिल्डिङमार्फत शेयर बजारमा ल्याउने तयारी भएपनि शेयर किन्ने बायर नै नभएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ हामीले विदेशी लगानीलाई शेयर बजारमा प्रवेश नदिएको कारण शेयर बजारमा धक्का लाग्छ जस्तो लाग्दैन । शेयरमा जाने कर्जालाई राष्ट्र बैंकले सीमा राखेर कडाई गर्नुपर्छ भन्ने छैन । हामीले जहिले पनि बाइन साइडबाट मात्रै हेरका छौं । शेयर बजार यस्तो ठाउँ हो जसमा बायरले पैसा तिर्छ भने सेलरले आज नै पाउँछ । पैसा कही पनि अड्किँदैन । बायरले ऋण लिएर शेयर किन्यो भने शेयर किनेको पैसा सेलरले पाउने हो । केही सरकारले करको रुपमा पाउने हो । कसैले ऋण लिएर सरकारलाई कर तिर्छ भने त्यसले बिगार्छ जस्तो लाग्दैन । कसैले ऋण दिएर शेयर किन्दा बेच्ने मान्छेले शेयर बेचेर उद्योगमा लगानी गर्छ भने त्यसलाई नियन्त्रण गर्नुपर्छ जस्तो लाग्दैन । यो वर्ष कुनै एउटा संस्थालाई हेरेर कर्जा नियन्त्रण नीति नल्याएको भए राम्रो गर्ने थियो । राष्ट्र बैंकले कसैले अर्बौं ऋण लियो । बजारमा चलखेल गर्यो ।

बैंकले यस्तो चलखेललाई नियन्त्रण गर्नुपर्ने थियो । वित्तीय संस्थाहरुले शेयर किनेर चलखेल भयो भन्ने भयो हामीले सबैलाई शेयर किन्न बन्द गरौं । नराम्रो के गरेको छ भने उत्पादन क्षेत्रलाई प्राथमिकता दिने भनेका छौं । उत्पादनशिल क्षेत्रलाई क्यापिटलको खाँचो छ । हामीले बुक बिल्डिङमार्फत उत्पादन क्षेत्रलाई बजारमा ल्याउन थालेका छौं । बजारमा कम्पनी ल्याउने तर किन्ने को हो ? हाम्रोमा बायरको एकदमै सटेज छ । त्यसको ठूलो वायर बैंक तथा वित्तीय संस्थाहरु हुने थिए । तर हामीले घुमाउरो पारले बैंक तथा वित्तीय संस्थाहरुलाई शेयर किन्न रोक लगाएका छौं । त्यस कारण अहिले कुनैपनि बैंक तथा वित्तीय संस्थाहरु शेयरमा लगानी गर्न इच्छुक हुनुहुन्न । त्यसलाई परिमार्जन गर्नुपर्छ । हामीले दिएरको ल्याण्डिङ रुलबेस भयो । हामी जोखिम बेस ल्याण्डीङमा जानुपर्छ । राम्रो र नराम्रो जुनसकै कम्पनीलाई ७० प्रतिशत कर्जा दिन्छौंं । त्यसमा फरक फरक व्यवस्था गर्नुपर्छ ।

जोखिम बेसमा गयौं भने बैंकबाट आएको लोनबाट बजारलाई केही सुधार गर्ने देखिन्छ । त्यसले शेयर बजारको जोखिमलाई बचाउला भन्ने लाग्छ । बैंक मर्जरमा कम्पनीहरुको कारोबार रोकिन्छ । हामीले नियम किन बनायौं भन्दा दुई कम्पनीबीच सम्झौता गर्नुहुन्छ । पछि गएर डिडिए गरेर स्वाब रेरियो फाइनल गर्नुहुन्छ । त्यहाँ चलखेल हुन्छ । त्यहाँबाट लगानीकर्तालाई बचाउने भन्ने हो । तर सम्झौता गरेको दिन नै यति स्वाब रेसियोमा भयो भनिन्छ । पछि राष्ट्र बैंकले पनि अनुमति दिने स्वाब रेसियो त्यही हुन्छ । त्यसो हुँदा शेयर लगानीकर्ताको सम्पतीलाई रोकेर किन बन्धक बनाउने काम भएको छ । दुईदिन कारोबार रोकेर हुने ठाउँमा लगानीकर्तालाई वर्षौंसम्म प्यानिक बनाउने काम गरेका छौं । यो विषयमा मौद्रिक नीतिमा सम्बोधन हुनुपर्छ ।

अध्यक्ष मैनालीले मर्जर तथा प्राप्तिका कारण शेयर कारोबार रोक्का हुन नहुने व्यवस्था गर्न राष्ट्र बैंकलाई सुझाव दिनुभयो । उहाँले मौद्रिक नीतिमा ब्रोकरमार्फत मार्जिन लेण्डिङको व्यवस्था सहज बनाउनुपर्ने पनि बताउनु भयो ।