११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

अटो क्षेत्रलाई चुरोट र रक्सीसँग दाँजियोः अध्यक्ष थापा

अटो क्षेत्रलाई चुरोट र रक्सीसँग दाँजियोः अध्यक्ष थापा
अ अ+ अ-

काठमाडौँ । नाडा अटो मोबाइल्स एशोसिएशनका अध्यक्ष ध्रुव थापाले अटोमोबाइल्स व्यवसाय बच्नेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन सुझाव दिनुभएको छ ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकले दुईदिन अगाडि आयोजना गरेको सुझाव संकलन कार्यक्रमा बोल्दै अध्यक्ष थापाले यस्तो सुझाव दिनुभएको हो । उहाँले विगत ८-१० महिनादेखि अटो व्यवसाय ठप्प रहेको भन्दै अटो क्षेत्रलाई राहत दिने गरेर मौद्रिक नीति ल्याउनुपर्ने बताउनु भयो । अध्यक्ष थापाले विगत १० महिनादेखि अटो व्यवसाय ठप्प हुँदा अटो व्यवसायीहरुले बैंकको कर्जा तिर्न नसक्ने अवस्थामा पुगेको बताउनु भयो । उहाँले अटो मोबाइल्स सधैँ राज्यको टार्गेटमा पर्ने गरेको गुनासो गर्नुभयो । अध्यक्ष थापाले सरकारले राजश्वको दर परिवर्तन गर्दा,राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदासमेत अटो मोबाइल्स क्षेत्रलाई उकास्ने किसिमको नल्याउने गरेको बताउनु भयो । उहाँले सरकारलाई अटो मोबाइल्स क्षेत्रलाई हेर्ने दृष्टिकोण परिर्वतन गर्न सुझाव दिनुभयो ।

अध्यक्ष थापाले सरकारलाई राजश्व चाहिएपनि अटो क्षेत्रलाई खोज्ने, र आयातमा कडाई गर्नुपरे पनि अटो क्षेत्र खोज्ने अभ्यास भएको भन्दै अटो क्षेत्र चुरोट, रक्सीको क्याटागोरीमा राखिन थालेको गुनासो गर्नुभयो । उहाँले गाडीको हायर पर्चेज ७० प्रतिशतबाट ५० प्रतिशतमा झारेको, जोखिम भार ७५ प्रतिशतबाट १५० प्रतिशतमा पु¥याएको, एलसी खोल्दा १०० प्रतिशतसम्म मार्जिनका विषयमा मौद्रिक नीतिले परिमार्जन गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ सरकारले राजश्व बढाउनुपर्दा अटो मोबाईल्स क्षेत्रलाई हेर्ने,मौद्रिक नीति ल्याउँदा अटो मोबाइल्सलाई नै अहिले पनि हेर्ने गरेको छ । सरकारलाई के लाग्छ भने सबैभन्दा धेरै राजश्व आउने क्षेत्र यही हो जस्तो लाग्छ । राष्ट्र बैंकले सबै भन्दा बढी पैसा बाहिर पठाउने क्षेत्र यही हो यसलाई ठिक पार्नुपर्छ भन्ने सोच्ने गरेको छ । अटो मोबाइल्स क्षेत्र चुरोट,बिडी र रक्सीको क्याटागोरीमा पर्छ जस्तो लागेको छ । हरेक वर्ष अटोमोबाइल्स क्षेत्र टार्गेटमा पर्छ । सवारी बेच्ने स्वरुम हेरेर अनुत्पादन र बिलासिताका वस्तु भनिएको छ । घरबाट कार्यालय जानदेखि हरेक कामको लागि अटोमोबाइल्स चाहिन्छ । अटोमोबाइल्स क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण नै परिर्वतन गर्नुपर्छ । विगत १० महिनादेखि हायर पर्चेज गाडीमा ७० देखि ८० प्रतिशतसम्म फाइनान्स हुने गरेको थियो । अहिले ५० प्रतिशतमा झारियो । जोखिम भार ७५ प्रतिशतबाट १५० प्रतिशतमा पु¥याइएको छ । त्यस्तै एलसी खोल्दा १० प्रतिशतबाट १०० प्रतिशतसम्म मार्जिन राख्नुपर्ने बनायो । यसलाई लक्षित गरियो । जोखिम भारको कारण बजारमा तरलता सहज हुँदा समेत फाइनान्स नहुने अवस्था देखिएको छ । राष्ट्र बैंकले यो विषय मौद्रिक नीतिमा हेरिदियास् । ८ महिनादेखि अटो व्यवसाय ठप्प छ । ७० देखि ८० प्रतिशत ठप्प रहेको छ । व्यवसायको लागि लिएको ऋण तिर्न नसक्ने अवस्थामा पुगेका छौं ।‘

अध्यक्ष थापाले गाडीमा जोखिम भारको कारण बजारमा तरलता सहज हुँदासमेत फाइनान्स हुन नसक्ने अवस्था सिर्जना भएको बताउनु भयो । उहाँले अहिले अटो व्यवसाय ७० देखि ८० प्रतिशतसम्म ठप्प रहेको जिकिर गर्नुभयो ।