७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्रीको विवादका कारण संसद बैठक सुरु हुन सकेन



अ+ अ-

काठमाडौँ । संघीय संसद अन्तर्गत बिहान ११ बजे बस्ने कार्यसूची तय भएको बुधबारको प्रतिनिधि सभा बैठक अझै सुरु भएको छैन ।

स्रोतका अनुसार सभामुख अग्नि सापकोटाको कार्यकक्षमा सबै दलका प्रतिनिधिहरूबीच छलफल नसकिएकोले संसद बैठक बस्न नसकेको हो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको छ ।

त्यसअघि अर्थमन्त्री शर्माले प्रतिनिधि सभामा आफ्नो धारणा राख्न चाहेका छन् । एमालेले भने अर्थमन्त्रीको सम्बोधन बहिस्कार गर्ने बताएको छ ।