११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

भाँचिएको कावा खोलाको पुल पुनःनिर्माणमा ढिलाइ

भाँचिएको कावा खोलाको पुल पुनःनिर्माणमा ढिलाइ
अ अ+ अ-

भोजपुर । निर्माणका क्रममा भाँचिएको भोजपुरको कावा खोलाको पुल पुनःनिर्माणमा ढिला हुँदा स्थानीय ज्यानको जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । दक्षिणी क्षेत्रबाट रामप्रसादराई र हतुवागढी गाउँपालिका जोड्ने सो खोलामा पुल निर्माणका क्रममा भाँचिएको थियो । पुल करिब आठ महिनाअघि भाँचिएको भए पनि यसको हालसम्म पुनःनिर्माणको काम अघि बढ्न नसकेको हो ।

पुल भाँचिएको विषयमा गत मङ्सिरमा भएको सर्वपक्षीय छलफलमा पुनःनिर्माणको काम यस वर्षको वर्षात्अघि नै सक्ने बताइएको थियो । खोलाबाट भाँचिएको पुल हटाउनबाहेक निर्माणसक्ने भनिएको समयसम्म अरु कुनै पनि काम अघि बढ्न नसकेपछि स्थानीयले आवाज उठाएका हुन् ।

निर्माणमा ढिलाइ भएको विषयमा प्रश्न गर्दा प्रादेशिक सडक, पुल आयोजना प्रदेश १ का संयोजक सूर्यनारायण चौधरीले आगामी फागुन चैत महिनासम्ममा पुनःनिर्माण गरेर सरकारलाई जिम्मा लगाउने जानकारी दिनुभयो ।

सकेसम्म चाँडो नै निर्माण गर्ने योजना रहे पनि काम गर्दै जाने क्रममा केही ढिला भएको उहाँको भनाइ छ । यो खालको पुल नेपालमा परीक्षणका रुपमा बनिरहेकोसमेत उहाँले जानकारी दिनुभयो ।

निर्माणकै क्रममा पुल भाँचिएका विषयमा अहिले पनि अनुसन्धान भइरहेको संयोजक चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “पुल निर्माणका क्रममा भाँचिएको यो दुःखद् हो । भाँचिएपछि हामीले यसको पुनःनिर्माणमा लागेका छौँ । काम गर्दै जाने क्रममा केही ढिला भयो । वर्षात् सुरु भएकाले तत्काल काम सुरु गर्ने अवस्था छैन । यो पुललाई आगामी फागुन, चैत महिनासम्ममा निर्माण सम्पन्न गरेर सरकारलाई जिम्मा लगाउने हाम्रो लक्ष्य छ ।”

पुल बन्ने आशामा बसेका स्थानीय निर्माणका क्रममा नै भाँचिएपछि दुखित बनेका छन् । भाँचिएपछि पनि तत्काल नै पुनःनिर्माण हुने आशामा बसेका उनीहरु पुलको पुनःनिर्माणको काम सुरु नहुँदा आक्रोसित बनेका छन् । उनीहरु अहिले खोलाको भेलमा ज्यानको जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

स्थानीय उमेश कुलुङले भन्नुभयो, “पुल निर्माण सुरु हुँदा हामी निकै उत्साहित थियौँ । बन्दै गर्दा पुल भाँचियो । भाँचिएपछि तत्काल बन्ला बन्ने आशा थियो । तर पुनःनिर्माणको काम अहिलेसम्म सुरु भएको छैन । हामी ज्यानको जोखिम मोलेर यात्रा गर्न बाध्य छौँ । खोला तर्ने क्रममा कुनै अप्रिय घटना भए त्यसको जिम्मा कसले लिन्छ रु”

पैदलयात्रुसँगै सवारीसाधनलाई पार गर्न निकै कठिन रहेको कुलुङको भनाइ छ । मोटरसाइकललाई खोला तार्नका लागि तीन÷चार जनासम्म युवा चाहिने उहाँको भनाइ छ । “वर्षात् सुरु भयो । खोलामा भेल बढेको छ । पैदल यात्रुलाई तर्ने पीर छँदैछ । त्यस्तै सास्ती सवार चालकलाई छ । कतिपय खण्डमा बोकेर बाइक तार्नुपर्ने अवस्था छ । कतिबेला खोलाको भेलले बगाउछ पत्तो नै हुन्न । चडेर खोलाबाट तार्दा पानी पसेर बाइकमा समस्यासमेत हुने गरेको छ”, कुलुङले भन्नुभयो ।

पुल स्वीस सरकारको लगानीमा विसं २०७६ फागुन १२ मा शिलान्यास गरेर निर्माण थालिएको थियो । तर करिब ९० प्रतिशत काम सकिएर ढलान गरेपछि पुल बीचमा भाँचिएको हो । पुल भत्किएका विषयमा तत्कालन छानविन गरेर काम सुरु गर्ने सहमति भए पनि भाँचिएको पुल हटाउनबाहेका अहिले कुनै पनि काम अघि बढेको छैन । पुल गलत प्राविधिक डिजाइनका कारण भाँचिएको स्थानीयको आरोप छ ।

करिब रु पाँच करोडको लागतमा निर्माण भइरहेको पक्की पुल स्विस सरकारको सहयोगमा बनिरहेको थियो । भोजपुर–मानेभञ्ज्याङ–रानीबास–घोडेटार सडकखण्डमा बनिरहेको यो २०७७ असार मसान्तसम्ममा निर्माण सक्नुपर्ने थियो । तर यो समयमा सम्पन्न नभएपछि पुनःम्याद थपिएको थियो ।

निर्माणका क्रममा पुल भत्किएपछि जिल्ला प्रशासन कार्यालयमा सोको विषयमा छलफल गरेर पुनःनिर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउने सहमति भए पनि काम भने सुरु भएको छैन । भत्किएको आठ महिना हुँदा पनि निर्माणमा चासो नदिएको स्थानीय भनाइ छ । कामलाई चाँडो सुरु गर्नुपर्ने माग गरेका छन् ।

स्थानीय नारायणप्रसाद निरौलाले भन्नुभयो, “काम गर्दै जाने क्रममा गल्ती हुनसक्छ । त्यसलाई हामी मान्छौँ । के कारणले भाँचियो भन्ने विषयमा खोजी त गर्नुपर्ला तर पुल भत्किएको यतिका समयसम्म निर्माणको कुनै काम सुरु नहुँदा हामी दुखित छौँ । वर्षौंदेखि हामीलाई यो खोला तर्न समस्या छ । यो पुललाई तत्काल निर्माण गरेर सञ्चालनमा ल्याउनुपर्ने हाम्रो माग छ । यो खोलाका कारण हामीलाई सदरमुकामसम्म जान अति नै समस्या छ । सरोकारवाला पक्ष गम्भीर भएर तत्काल पुनःनिर्माणका लागि पहल गर्न आवश्य छ ।”

पुललाई चाँडो निर्माण गराउनका लागि कुरा भइरहेको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभयो । अध्यक्ष राईले भन्नुभयो, “हामीले पुल पुनःनिर्माणलाई चाँडो गर्न भनिरहेका छौँ । उनीहरुले पनि चाँडो थालनी गर्ने बचन दिँदै आएका छन् । पुल नहँुदा दक्षिणी भेगका स्थानीयलाई धेरै नै सास्ती छ । यसलाई चाँडो निर्माण सम्पन्न गराउनेमा मेरो पहल रहन्छ ।”

निर्माण सुरु हुनुपूर्व ८० वर्षको आयु हुने र भूकम्प प्रतिरोधी बन्ने गरी डिजाइन भएको इञ्जिनीयरले बताएका थिए । पुल ४५ मिटर लामो, छ मिटर चौडाइको बन्ने बताइएको थियो ।

पुलमा दुवैतर्फ एक दशमलव २० मिटर पैदल यात्रु हिँड्ने स्पेस पनि बनाइएको छ । केबल ट्रस, खुला फाउन्डेसनको एक मात्रै स्पानमा बनिरहेको पुलको दुवैपट्टि पक्की पिलर बनाएर ट्रस जडान गर्नुपर्ने थियो ।

दक्षिणबाट कावा खोला पुल हुँदै जोडिने चुहार–घोडेटार–भोजपुर बजार–दिङ्ला सडकखण्डको करिब १२५ किलोमिटरमध्ये पहिलो चरणमा हतुवागढी गाउँपालिकाको हसनपुरको चुहारबाट घोडेटार बजारसम्म २२ किमी सडक कालोपत्र गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

जिल्लालाई उत्तर–दक्षिण जोड्दै सङ्खुवासभाको किमाथाङ्कासम्म कालोपत्र गर्ने लक्ष्यले सडक विस्तारको तयारी थालिएको हो ।

भोजपुर र उदयपुरलाई जोड्न दूधकोसी नदीमा पुल बनिरहेको छ । चुहारको पुल निर्माण सम्पन्न भएसँगै भोजपुर सदरमुकामबाट ९० किलोमिटरको दूरी पार गरेपछि सुनसरीको चतरा पुगिनेछ । भोजपुर सदरमुकामबाट पूर्व हुँदै जाने हो भने ९२ किमीको दुरी पार गरेपछि धनकुटाको हिले पुगिन्छ । दिङ्लाबाट चतरा पुग्न १२५ किलोमिटरको यात्रा तय गर्नुपर्नेछ ।