८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि

शिक्षकको भैँसी फार्म

शिक्षकको भैँसी फार्म
फाईल फोटो
अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ का प्रकाशबहादुर मल्ल पेसाले शिक्षक हुनुहुन्छ । शिक्षक पेसासँगै मल्लले व्यावसायिक भैँसी फार्म सञ्चालन गर्दै आउनुभएको छ । बिहानीको झिसमिसेमै ब्यूँझने मल्लले फार्ममा पालिएका भैँसीको गोबर सोहर्ने, घाँस काटेर खुवाउन र पानीको जोहो गर्ने काम गर्नुहुन्छ । त्यसपछि फार्ममा पालिएका भैँसीको दूध दुहेर ठिक्क पार्नुहुन्छ । दूध बजारमा बिक्री गर्न डिब्बामा राखेर गाउँको दूध सङ्कलन केन्द्रमा पुग्नुहुन्छ ।

फार्मका भैँसीको दूधसँगै गाउँका बासिन्दाको दूध मोटरसाइकलमा बोकेर वनसमिति, झलारी बजारमा रहेका डेरी पसलमा लगेर बेच्नुहुन्छ । दैनिक ६५ देखि ८० लिटर दूध बिक्री गर्नका लागि बजारमा पुर्याउने गरेको उहाँ बताउनुहुन्छ ।

“बजारमा गाईको दूधको तुलनामा भैँसीको दूधमा माग अधिक रहेको छ,” उहाँले भन्नुभयो, “प्रतिलिटर दूध रु ६५ मा बिक्री हुने गरेको छ । डेरी सञ्चालकहरुले नगद रकम दिएर दूध खरिद गर्ने गरेका छन् ।” “बिहान ७ देखि दिउँसो १२ बजेसम्म विद्यालयमा विद्यार्थीलाई पढाउने कार्य गर्दै आएको छु । विद्यालयबाट फर्केपछि पुनः फार्ममै भैँसीकै रेखदेखमा खटिनु पर्दछ ।” श्रीमतीले समेत फार्ममा पालिएका भैँसीको हेरचाहमा सहयोग पु¥याउने गरेको उहाँले बताउनुभयो ।

मल्ल गाउँकै धर्मजनता माविमा दुई दशकदेखि राहत कोटामा कार्यरत शिक्षक हुनुहुन्छ । विद्यालयमा समेत उहाँ मिहिनेती शिक्षकका रुपमा परिचित हुनुहुन्छ । मल्लको फार्ममा हाल नौवटा भैँसी छन् । फार्ममा उहाँले रु १० लाख बढी लगानी गर्नुभयो । फार्ममा दुईवटा भैँसी मात्रै दूध दिने भएकाले गाउँका बासिन्दाको समेत दूध सङ्कलन गरी बजारमा बेच्नु परेको उहाँ बताउनुहुन्छ । दैनिक रु पाँच हजारभन्दा बढीको दूध उहाँले बिक्री गर्नुहुन्छ । जसबाट मल्लले रु तीन हजार जति आम्दानी गर्नुहुन्छ । “घरमै परम्परागत रुपमा पालिएका भैँसीबाट एकबाट दुई गर्दै छ पु¥याएँ,” उहाँले भन्नुभयो, “तीनवटा बाह्य क्षेत्रबाट खरिद गरेर ल्याएको हो ।”

साँझबिहान गरी २० लिटर दूध उत्पादन हुने गरेको छ । “जागिरभन्दा भैँसी फार्म खोलेर काम गर्नु निकै राम्रो छ । कसैको अधिनमा बसेर काम गर्नु पर्दैन । आफँै मालिक, आफैँ कामदार बनेर काम गर्नुको मज्जा नै बेग्लै छ । सोचे जस्तै आम्दानी हुने भएकाले पैसाका लागि अरू कहाँ हात थाप्नु पनि परेन,” उहाँले भन्नुभयो । फार्मलाई अझै व्यवस्थित गरी भैँसीको सङ्ख्या २० पु¥याउने लक्ष्य उहाँले लिनुभएको छ ।

“मिहिनेत धेरै भए पनि कमाई पनि कम्ती छैन,” उहाँ भन्नुहुन्छ, “फार्मको स्तरोन्नति गरी कामदार राखेर व्यवसायलाई विस्तार गर्नका लागि कार्य अगाडि बढाउने सोच अघि सारेको छु ।” आफनै स्वामित्वको पाँच कट्ठा जग्गामा मल्लले सुपरनेपियर जातको घाँससमेत रोप्नुभएको छ । खेतमै रोपिएको घाँसले भैँसीलाई खुवाउन पर्याप्त हँुदै आएको उहाँले बताउनुभयो ।

“स्वदेशमा रोजगारी छैन भनेर धेरै युवाहरु विदेसिने गरेका छन्,” उहाँले भन्नुभयो, “आफैँले स्वरोजगारी सृजना गरे विदेशको भन्दा परिवारसँगै बसेर गतिलो आम्दानी लिन सकिन्छ । थोरै लगानी गरेर पनि बढी आम्दानी लिन सकिने व्यवसायको कमी छैन । त्यसका लागि लगनशीलता र परिश्रम भने आवश्यकता पर्दछ ।” फार्ममा भैँसीसँगै मल्लले बाख्रपालन गर्नुभएको छ । फार्ममा १५ वटा उन्नत जातका बाख्रासमेत पालिएका छन् । रासस