१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाललाई भेट्न एमसीसी उपाध्यक्ष सिंहदरबारमा



अ+ अ-

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेकी हुन् ।

बिहीबार काठमाडौं आएकी एमसीसीकी उपाध्यक्ष सुमारसहितको टोलीले अध्यक्ष नेपाललाई एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भेट गरेकी हुन् । 

चार दिने नेपाल भ्रमणमा आएकी सुमारसहितको टोलीले नेताहरु प्रमेश हमाल र गंगालाल तुलाधरसहितको टोलीसँग पनि भेट गरेको एक नेताले जानकारी दिए । 

उपाध्यक्ष सुमारको टोलीले बिहीबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेको थियो ।