२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्रीको काम अपराध शास्त्रको पुरातन उपाय: अधिवक्ता भट्टराई



अ+ अ-

काठमाडौं । नेपाल बार एशोसिएसनका पूर्ब उपाध्यक्ष एबं बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले अर्थमन्त्री जनार्दन शर्माले गम्भिर आर्थिक अपराध गरेको जनाउनु भएको छ ।

बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिको प्रवेश र हस्तक्षेप गराएको आरोप लागेका छानबिनका लागि सहयोग गर्नुपर्नेमा अर्थमन्त्रीशर्माले अभियोगबाट बच्न प्रमाण नै नष्ट गरेर गम्भिर अपराध गरेको उहाँले जनाउनु भयो ।

सामाजिक संञ्जालमा भट्टराईले लेख्नुभएको छ

अभियोगबाट बच्न प्रमाण नै नष्ट गर्ने अपराध शास्त्रको पुरातन उपाय हो । यो उपायले अर्थमन्त्रीलाई बचाउला जस्तो लाग्दैन ।किनकी शपथ नखाएको त्यसमा पनि दलाल पुँजिवादको प्रतिनिधि करको दर परिवर्तन गर्न सफल हुने अभियोग गभ्मिर आर्थिक अपराध हो । नैतिक जिम्बेवारीवाट उहाँ पन्छिन पाउनु हुन्न ।