२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाबाट फेरिएका मन्त्रीहरुको सपथग्रहण



अ+ अ-

काठमाडौँ ।राष्ट्रपति बिद्यादेवी भण्डारीले नव नियुक्तमन्त्रीहरु लाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ । राष्ट्रपति कार्यलयमा आयोजित एक कार्यक्रममा उहाँहरुलाई पद तथा गोपनीयताको सपथ गराईएको हो ।

भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी मन्त्रीमा मृगेन्द्रकुमार सिंह र वन मन्त्रीमा प्रदीपकुमार यादव नियुक्त हुनु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का तीन नयाँ मन्त्री समावेश गरेर मन्त्रिपरिषद हेरफेर र कार्यविभाजन गर्नुभएको हो ।
जसपाले कृषिमन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव र वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवलाई फिर्ता बोलाएर नयाँ सदस्यको नाम प्रधानमन्त्री देउवासमक्ष सिफारिस गरेको थियो ।