५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक प्रलोभनमा परेर बयान फेर्छन् पीडितहरु



अ+ अ-

गलकोट । पछिल्लो समय अदालतसम्म पुगेका मुद्दाका पीडितहरुले बयान फेर्ने गरेको पाइएको छ । वास्तविक पीडितहरुलाई सामाजिक बहिस्कारको समस्या देखाउने र आगामी दिनमा हुन सक्ने आर्थिक सङ्कट देखाउने कारणले अधिकांश पीडितले मुद्दाको बयान फर्ने गरेको पाइएको हो ।

उनीहरुले पीडितहरू झन्झटिलो न्याय प्रणाली, खर्चिलो कानूनी सेवा, अशिक्षा र आर्थिक प्रलोभनमा परेर अदालतमा बयान फेर्न बाध्य भइरहेको बागलुङका मानव अधिकारकर्मीहरुले बताउँदै आएका छन् ।

न्यायिक प्रक्रियाको अन्तिम चरणसम्म पीडितको बयान एउटै नभएका कारण पीडितहरु थप पीडामा पर्ने गरेको अधिकारकर्मी राम शर्माले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका कारण अधिकांश पीडितहरु बन्धक हुने गरेको बताउनुभयो । बलात्कार, यौन दुव्र्यवहार, हत्या र अधिकांश बहुविवाह कसुरका पीडितहरु अदालतसम्म पुग्दा ‘होस्टाइल’ भइसक्ने गरेको शर्माको भनाइ छ ।

बयान फेरेपछि शुरुको अनुसन्धानमा खटिएको प्रहरी र सरकारी वकिलको कार्यालयलाई समेत अपजस आउने गरेको महिला अधिकारकर्मी लक्ष्मी जिसी कार्कीले बताउनुभयो । उहाँले पीडितहरुले झन्झटिलो र खर्चिलो कानूनी प्रक्रियाले गर्दा पीडितहरुले अदालतमा बयान फेर्न बाध्य हुनेगरेको बताउनुभयो । सुरुमा न्यायको खोजीमा प्रहरी हुँदै अदालतसम्म पुग्दा घरको आर्थिक अवस्था कमजोर भएकाले थेग्नै नसक्ने अवस्था भएपछि आर्थिक प्रलोभन, सामाजिक बहिस्कार र डर धम्कीका कारण पीडितले बयान फेर्ने गरेको उहाँको भनाइ छ ।

बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले हिंसा पीडितका लागि राहत कोष स्थापना गर्ने, पीडितलाई रोजगारीमा जोड्ने र उनीहरुको अवस्थाबारे अनुगमन गर्ने योजना ल्याएकाले केही हदसम्म पीडितलाई न्याय दिलाउन सहयोग पुग्ने बताउनुभयो ।

खड्काले पछिल्लो समय गरिबी, अशिक्षा र अज्ञानताले मात्र नभएर धन सम्पत्ति र उच्च वर्गका व्यत्तिहरूमा समेत परिवर्तित हिंसाका स्वरूप देखा पर्न थालेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले बेरोजगारी, आर्थिक अवस्था कमजोर र अशिक्षाका कारण पीडकलाई कानूनी दायरामा ल्याउँदै गर्दा पीडितहरूको परिवार थप कमजोर बन्दै गएका घटनाहरु सार्वजनिक हुने गरेको भन्दै सरोकारवाला निकायले उनीहरुको अधिकारको बारेमा सचेत बन्दै अवस्था परिर्वतनको बारेमा सोच्नुपर्ने बताउनुभयो ।

अपराधमा संलग्न व्यक्तिबाट प्रत्यक्षरूपमा एकदुई जनालाई अन्यायमा परे जस्तो देखिए पनि उसको पछाडि पीडामा पर्नेहरुको सङ्ख्या ठुलो हुने भन्दै ज्ञवालीले स्थानीय सरकार, इन्सेक र सरोकारवाला नियकायहरु अन्य पीडितको बारेमा पनि संवेदनशील बन्नुपर्ने बताउनुभयो । स्थानीय सरकारले हिंसा पीडितका लागि कोष निर्माण गरेर गर्न सक्ने काम पनि नगरेको भन्दै उहाँले जिल्लाका १० वटै स्थानीय तहलाई हिंसा पीडित कोष स्थापना गर्नका लागि सबैले दवाब दिनुपर्ने बताउनुभयो ।

बागलुङमा २०२२ जनवरीदेखि जुन १५ सम्म २७ वटा यौन तथा घरेलु हिंसाका घटना घटेको पाइएको मानवअधिकारको क्षत्रमा कार्यरत औनपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका बागलुङ प्रतिनिधि सृजना पन्तले जानकारी दिनुभयो । उक्त अवधिमा बाल विवाह एक, बलात्कार र बलात्कार प्रयास १०, अपहरण तथा शरीर बन्धक एक गरी बालअधिकारका १२, हत्या र हत्या प्रयासका एक, बहुविवाहका चार, आत्महत्या दुरुत्साहनका दुई र घरेलु हिंसाका आठ गरी महिला अधिकारका १५ वटा घटना रहेका छन् ।




भर्खरै