११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

व्यानपामा चौबिसै घण्टा कलसेन्टर

व्यानपामा चौबिसै घण्टा कलसेन्टर
अ अ+ अ-

तनहुँ । जिल्लाको व्यास नगरपालिका कार्यालयले चौबिसै घण्टा खुला रहनेगरी कलसेन्टरको व्यवस्था गर्न लागेको छ । नगरवासीका समस्या तथा गुनासो सुन्नका लागि प्राथमिकतामा राखी सहजरुपमा सेवा उपलब्ध गराउने उद्देश्यले कलसेन्टर स्थापना गर्ने गरी नीति पारित भएको हो ।

नगरपालिकाले सेवासुविधा र जानकारीमूलक सूचना मोबाइल एपमार्फत घरघरमा पु¥याउने लक्ष्य राखेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।

सङ्घीय सरकारको सहयोगमा नगरपालिकाभित्रका वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक माध्यमिक विद्यालयमा निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने योजना रहेको छ ।

साथै प्रदेश सरकारको सहकार्यमा नवप्रवर्तनीय साझेदारी कार्यक्रमअन्तर्गत एकीकृत डिजिटल कार्यक्रम कार्यान्वयनमा ल्याउने व्यवस्था मिलाइने उहाँले बताउनुभयो ।

आमसञ्चार सेवाको गुणस्तरीय र सर्वसुलभ पहुँचका लागि स्थानीय सञ्चार ऐन परिमार्जन गरिनेछ भने कानूनबमोजिम एफएम रेडियो सञ्चालन अनुमति, नवीकरण, नियमन र खारेजीको व्यवस्था गरिने नगरपालिकाले जनाएको छ । गुणस्तरीय र छिटोछरितोरुपमा सेवा प्रवाह गर्न नगरपालिकाको सबै वडालाई प्रविधिमैत्री गराउँदै नियमित सेवालाई अझ प्रभावकारी, भरपर्दो एवं विश्वसनीय बनाइनेछ ।

स्थानीयस्तरमा प्रकाशन हुने पत्रपत्रिका, एफएम रेडियो र टेलिभिजनसँग नगरपालिकाको गतिविधि झल्कने गरी कार्यक्रम निर्माण, प्रकाशन र प्रसारण गरी नगरपालिकाको गतिविधि नगरवासीसम्म पु¥याउने गरी कार्यक्रम सञ्चालन गरिनेछ ।

नगरपालिकाको आर्थिक तथा पूर्वाधार विकाससम्बन्धी विषयका समाचार सङ्कलन, रिपोर्टिङसम्बन्धी विशिष्ट तालिम सञ्चालन गरी सहयोग पु¥याइने लक्ष्य लिएको छ । हरेक वर्ष नगरपालिकाको समाचार प्रकाशनमा विशेष योगदान दिने एक जना पत्रकारलाई पुरस्कृत गर्दै लैजाने नीति रहेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।

नगरपालिकाअन्तर्गत अपाङ्गतामैत्री, बालमैत्री र लैङ्गीकमैत्री सञ्चार अभियानलाई थप प्रभावकारी बनाइने नगरपालिकाले जनाएको छ । नगरपालिकाले ऐतिहासिक, पुरातात्विक, सामजिक, भौगोलिक, पर्यटकीय एवं धार्मिक महत्व बोकेका स्थानको डिजिटलाइज गर्न व्यवस्था मिलाइने उहाँले बताउनुभयो ।