• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य ★   प्रधानमन्त्री दाहाल सत्ताका लागि जे गर्न पनि तयार हुनुुहुन्छ: डा. बाबुराम भट्टराई ★   नेपालविरुद्ध जोनसनको आक्रामक शतक ★   श्रमिकका समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधारका लागि श्रमाधान सेवा शुभारम्भ ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई दोस्रो सफलता ★   ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका ★   वेस्ट इन्डिज ‘ए’ को आक्रामक ब्याटिङ ★   वेस्ट इन्डिज ‘ए’ को १०० रन पूरा ★   विश्व मजदुर दिवस: घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर ★   उप निर्वाचनले एमालेको लोकप्रियता प्रमाणित गरेको छ: ज्ञवाली

ठाउँको अभावमा आलोपालो गरी सुत्छन् कैदीबन्दी



जाजरकोट । बीस कैदीबन्दी अट्ने ठाउँ रहेको जाजरकोट कारागारमा ५४ कैदी–बन्दी राख्दा व्यवस्थापनमा समस्य उत्पन्न भएको छ । सुधार गृहको रुपमा रहेको कारगारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा बसाइँ व्यवस्थापनको समस्यले चुनौती थपिएको हो । पन्घ पुरुष र पाँच महिलाको क्षमता रहेको कारागारमा अहिले ५४ कैदीबन्दी छन् ।

कारागारका नाइके कुशबहादुर महताराले क्षमताभन्दा बढी कैदीबन्दी भएपछि विद्युत्, खानेपानी, सै्य्या र स्वास्थ्य उपचारमा समस्या उत्पन्न भएको बताउनुभएको छ । सङ्ख्या बढी हुँदा सुत्नका लागि समस्या हुँदै आएको छ । कारागार प्रमुख चन्द्रबहादुर गिरीले जिल्ला कारगारमा अहिले ३५ कैदी र १९ थुनुवा गरी जम्मा ५४ कैदीबन्दी रहेको बताउनुभयो । पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न कारागार प्रशासनलाई समस्या भइरहेको उहाँको भनाइ थियो । जिल्लामा रहेको कारागार जीर्ण भएपछि कैदीबन्दीले वर्षाको समयमा राम्ररी सुत्न नपाउने कैदीबन्दी दीर्घबहादुर नेपालीले बताउनुभयो । साथीहरु मिलेर आलोपाले गरी सुत्नुपर्ने बाध्यता रहेको उहाँको गुनासो थियो ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले कारागारमा देखिएका समाधानका लागि पहल गरिने बताउनुभयो । उहाँले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भइरहेको छ, यसको समाधानका लागि पहल जारी रहेको छ भन्नुभयो । सबैले काम गर्छु भन्छन् तर काम केही हुने होइन भन्दै कैदीबन्दीले गुनासो पोख्दै आएका छन् । जीर्ण भवन, त्यसमा व्यवस्थापन राम्रो नहुँदा हैरानी खेप्नुपरेको उनीहरुको भनाइ थियो ।