२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीले बागमती छोडेर सुदूरपश्चिम दाबी गर्ने



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले बागमती प्रदेश सरकारको नेतृत्व छाडेर सुदूरपश्चिम प्रदेशमा दाबी गर्ने भएको छ । पार्टीे सचिवालयको जारी बैठकमा बागमती प्रदेशबारेमा छाड्ने अवस्थामा सुदूरपश्चिम प्रदेश दाबी गरिनेबारे छलफल भएको छ ।

बैठकमा बागमती प्रदेश सरकार, समसामयिक राजनीतिक परिवेश र पार्टीका आगामी योजनाबारेमा छलफल हुने बताइएको छ ।

पछिल्लोपटक बागमती प्रदेश सरकारमा पार्टीका तर्फबाट राजेन्द्रप्रसाद पाण्डे छ महिनाका लागि मुख्यमन्त्री बन्ने र त्यसपछि नेपाली कांग्रेसलाई जिम्मेबारी दिने सहमति भएको थियो । त्यसैले बागमती प्रदेशको नेतृत्व छोड्न एकीकृत समाजवादीलाई चर्को दबाब परेको छ ।

मुख्यमन्त्री पाण्डेले पार्टी नेतृत्वबाट निर्देशन नआएसम्म मुख्यमन्त्री नछाड्ने बताएपछि उहाँका विरुद्धमा सत्तारुढ गठबन्धनका अन्य दलहरु कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाले हस्ताक्षर संकलन गरिसकेका छन् ।