• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   इन्टरनेट सेवामा समस्या, भुक्तानी नगर्दा काटियो नेट ★   चीनमा सडक भाँसिदा हुँदा मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो ★   कर्णालीका जनतालाई सडक चाहिएको छ: प्रमुख सचेतक शाही ★   क्यान को सरकारसँग माग: सूचना प्रविधि उद्योगग्रामको लागि आवश्यक बजेटको व्यवस्था गरौँ ★   मेयर बालेन्द्रलक्षित ओलीको टिप्पणी: सुकुम्वासीलाई तर्साउने काम नगरौं ★   विश्वकपका लागि छानिएको टोली अहिलेको ‘बेस्ट १५’: कप्तान रोहित ★   प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन ★   प्रिमियर शोपछि कलाकारहरु भन्छन्: ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै बगैँचा’ ★   देश भर चार सय ३६ स्थानमा डढेलो ★   मुगुका यार्सा पाटन जेठ १५ बाट प्रवेश खुला गरिने

उपत्यका विशेष प्रदेश कमिटीमा स्थानीय निर्वाचनको समीक्षा



काठमाडौं । नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको शनिबार बसेको बैठक स्थानीय तह निर्वाचनको समीक्षा, सदस्यता नवीकरण र विस्तार तथा आर्थिक विषयमा छलफल र केही आवश्यक निर्णय गरी सम्पन्न भएको छ ।

स्थानीय तह निर्वाचनमा खासगरी उपत्यकाका तीनवटै जिल्लामा प्रदेश कमिटीका सदस्य र अन्तर्गतका चार जिल्ला कमिटीमा आवद्ध सदस्यहरू परिचालन भएका थिए । केही सदस्यहरू निर्वाचनमा उपत्यका बाहिर आ–आफ्ना गृहजिल्ला गएका थिए ।
उपत्यका प्रदेश कमिटीले स्थानीय तह निर्वाचनमा खटिएका सदस्यहरूलाई संयोजन गर्न तीनै जिल्लामा संयोजक तोकेको थियो ।

बैठकमा काठमाडौं जिल्लाको संयोजन गर्नुभएका उपाध्यक्ष विदुर कार्की, ललितपुरको संयोजन गर्नुभएका उपसचिव चन्द्र रिजाल र भक्तपुरमा संयोजकको भूमिकामा खटिनुभएकी उर्मिला सुनुवारले स्थानीय निर्वाचनबारे लिखित रिपोर्टिङ प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै, बैठकमा मजदुुर विशेष जिल्ला कमिटीका अध्यक्ष जितेन्द्र श्रेष्ठ, पेशागत विशेष जिल्ला कमिटीका अध्यक्ष उमेश ढकाल, युवा विद्यार्थी जिल्ला कमिटीको तर्फबाट इन्चार्ज चिरन्जिवी पौडेल र उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको तर्फबाट इन्चार्ज चन्द्र रिजालले रिपोर्ट प्रस्तुत गर्नुभएको थियो ।

उहाँहरूले प्रस्तुत गर्नुभएको रिपोर्टिङ र विभिन्न जिल्ला, पालिका र वडामा क्रियाशील हुनुभएका प्रदेश कमिटीका सदस्यबाट प्राप्त रिपोर्ट, अनुभव र सुझावलाई एकीकृत गरी प्रतिवेदन तयार गर्ने निर्णय बैठकले गरेको छ । प्राप्त रिपोर्ट र बैठकमा व्यक्त विचारलाई संक्षेपीकरण गरी अन्तिम प्रतिवेदन तयार गर्न ११ सदस्यीय समिति निर्माण गरिएको छ ।

बैठक पार्टीका पोलिटव्यूरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटीका इञ्चार्ज सुजिता शाक्यको प्रमुख आतिथ्यमा अध्यक्ष प्रेमकुमार पराजुुलीको अध्यक्षतामा बसेको थियो ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटीका सह इन्चार्ज बीना श्रेष्ठ, केन्द्रीय सदस्य तथा युवा विद्यार्थी जिल्ला कमिटी इन्चार्ज नवीना लामा र मजदूर विशेष जिल्ला कमिटीका सहइन्चार्ज सीता लामाको पनि उपस्थिति थियो ।