८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने
अ+ अ-

काठमाडौँ । अब सहरी क्षेत्र वा राजमार्ग आसपासका क्षेत्रमा दृश्यमा दिग्भ्रमित गराउने र सवारी दुर्घटना गराउने होर्डिङ बोर्ड, पर्चा, पम्प्लेट, पोष्टर राख्न नपाइने भएको छ । विज्ञापन बोर्डले आज सार्वजनिक गरेको विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसहिंतामा रातको समयमा अत्याधिक चम्किलो प्रकाश दिने वा सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने उल्लेख छ ।

सडक तथा सडक पेटीका खम्बा, पुल, आकाशे पुल, सडक किनारका रुख बिरुवा वा सडकको सौन्दर्यमा खलल पार्ने गरी विज्ञापन सामग्री राख्न नहुने उल्लेख छ । विज्ञापन व्यवसायमा संलग्न व्यक्तिले विदेशी विज्ञापनलाई नेपाली भाषामा डबिङ गरी प्रसारण गर्न नहुने आचारसहिंतामा उल्लेख छ । विज्ञापनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न अन्य कुनै पनि व्यक्तिले विज्ञापन गर्दा वा गराउँदा लैङ्गिक समानता कायम गर्न र सामाजिक विभेद् अन्त्य गर्न आचरणपालना गर्नुपर्ने उल्लेख छ । विज्ञापनमा महिलालाई यौन, भोग्य वस्तु, विलासिता वा मनोरञ्जनको साधनको रुपमा प्रयोग गर्न नहुने उल्लेख छ । संवेदनशील अङ्ग प्रदर्शन गर्ने, महिलालाई पुरुषका तुलनामा कमजोर पात्रका रुपमा पस्तुत गर्ने विज्ञापन उत्पादन र प्रकाशन वा प्रशारण गर्न नहुने उल्लेख छ ।

विज्ञापनमा दलित, आदीवासी, जनजाती, मधेसी, मुस्लिम, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत वर्ग, यौनिक अल्पङ्ख्यक वा कुनै वर्ग क्षेत्र सम्प्रदाय वा समुदायको मर्यादामा आँच आउने गरी सामग्री बनाउन नहुने उल्लेख छ । बालबालिकामा डर, त्रास, भय उत्पन्न गर्ने कार्यक्रम, विद्युतीय खेल वा चलचित्रको विज्ञापन गर्न नहुने र उनीहरुलाई होच्याउने र आत्मसम्मानमा चोट पु¥याउने विज्ञापन उत्पादन र प्रशारण गर्न नहुने आचारसहिंतामा उल्लेख छ ।

विज्ञापन व्यवसायमा संलग्न व्यक्तिले कुनै खास एउटै औषधिबाट सम्पूर्ण रोग निवारण हुने वा उपचार हुने, त्यसको ग्यारेन्टी हुने भनी औषधि विज्ञानले प्रमाणित नगरेका झुटा, अवैज्ञानिक विवरणयुक्त विज्ञापन उत्पादन र प्रसारण गर्न नहुने उल्लेख छ । मानव अङ्ग बढाउने, उचाइ बढाउने वा शरीरको तौल घटाउने वा बढाउने भनी प्रमाणित नभएका विषयमा पनि विज्ञापनमा रोक लगाइएको छ ।

विभिन्न रङ्ग र कृत्रिम स्वादमा उत्पादित पेय पदार्थबाट हुने हानीको सम्बन्धमा सचेतनामूलक सन्देश समावेश नगरी विज्ञापन दिन नहुने आचारसहिंतामा उल्लेख छ । खाद्य तथा पोषणविद्को सिफारिसबिना खाद्यपुरक वस्तु (माइक्रो न्यूट्रियन्ट) तथा शक्तिबद्र्धक भनी कुनै पनि वस्तुको प्रयोग गर्न उक्साउने, लोभ्याउने खालका विज्ञापन गर्न नहुने उल्लेख छ ।

सहरी तथा स्थानीय सौन्दर्यमा प्रतिकूल असर पार्ने, च्यातिएका, खुइलिइएका वा होर्डिङ बोर्ड वा परीचयपाटी सम्बन्धित व्यक्तिले यथाशीघ्र हटाउनु वा त्यसमा सुधार गर्नुपर्ने उल्लेख छ । सडक पेटीबाट आवातजावतमा असर पुग्ने गरी होर्डिङ बोर्ड राख्न नहुने र धार्मिक, पुरातात्विक स्थानमा त्यहाँको मौलिकता ढाक्ने गरी राख्न नहुने उल्लेख छ । अनुमति दिएका स्थानमा निर्धारित आकार प्रकार र गुणस्तरको मात्रै विज्ञापन राख्न पाइने व्यवस्था रहेको छ ।

सञ्चारिका समूहकी अध्यक्ष बिमला तुम्खेवाले विगतमा विज्ञापनले महिलालाई होच्याउने गरेकामा अहिले मिडिया केही संवेदनशील बन्न थालेको उल्लेख गर्नुभयो । आचारसहिंता पूर्ण रुपमा कार्यान्वयनमा आउँदा यी कुरामा अझै कमी आउने उहाँको विश्वास छ । उहाँले भन्नुभयो, “आचारसहिंता आउनु आफैँमा सकारात्मक कुरा हो तर राम्रोसँग कार्यान्वन हुन पनि जरुरी छ ।”

अग्रज पत्रकार बबिता बस्नेतले विज्ञापनका कारण सबै उमेर र वर्गमा गहिरो छाप बस्ने बताउनुभयो । विज्ञापनले महिलाका शरीर नभएर मस्तिक देखाउनुपर्नेमा उहाँको जोड छ । बोर्डका अध्यक्ष लक्ष्मण हुमागार्इँले आचारसहिंतामा विज्ञापन बोर्डमा सूचीकृत सञ्चारमाध्यम र विज्ञापन एजेन्सीले मात्र विज्ञापनजको कारोबार गर्न पाउने उल्लेख भएको बताउनुभयो । सञ्चारमाध्यमले आफ्नो दररेट सार्वजनिक गर्नुपर्ने, विज्ञापन एजेन्सीले सोही आधारमा र बिल समावेश गरेर कारोबार गर्नुपर्ने उहाँले बताउनुभयो ।

आचारसहिंताको बोर्डले नियमित अनुगमन गर्ने र अनुगमनका लागि छुट्टै समिति बनाइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आचारसहिंता कार्यान्वयनमा देखिएका समस्या समाधान तथा बोर्डलाई सुझाव दिन परामर्श समिति रहनेछ ।” आजबाट लागू भएको सो आचारसहिंतामा १३ परिच्छेद रहेका छन् । नेपालमा पहिलो पटक विज्ञापनसम्बन्धी आचारसहिंता लागू गरिएको हो । विगतमा मिडियासम्बन्धी अरु कानुन वा आचारसहिंतामा मात्रै विज्ञापनका थोरै विषय समेटिएको थियो । रासस