२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीति निर्माणभन्दा कार्यान्वयन अझै महत्वपूर्ण: सञ्चारमन्त्री कार्की



file
अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कुनै पनि नीति निर्माण गर्नुभन्दा कार्यान्वयनको पक्ष अझै महत्वपूर्ण रहेको बताउनुभएको छ ।

विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री कार्कीले सबैले आचारसंहिता अरूलाई लाग्ने भए पनि आफूलाई लाग्दैन भन्ने सोच्ने गरेको बताउनुभयो । आचारसहिंता अरुलाई लागेजसरी नै मलाई पनि लाग्छ सोच्नुपर्नेमा उहाँले जोड दिनुभयो । देशमा स्वतन्त्रता र सुशासन सँगसँगै अघि बढाउनुपर्नेमा मन्त्री कार्कीको भनाइ छ ।

उहाँले भन्नुभयो, “देश विकसित, सभ्य र सुन्दर बनाउन अनुशासन पहिलो प्राथमिकता हो ।” आचारसहिंतामा जुनजुन ठाउँमा अप्ठेरो, अस्प्रष्टता र अघि बढ्न व्यवधान छन् तिनलाई हटाउन मन्त्रालय साथमा रहेको मन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गर्नुभयो । आजदेखि लागू भएको आचारसंहिताले आगामी सातादेखि नतिजा दिन थाल्ने उहाँले उल्लेख गर्नुभयो । आचारसहिंता जति धेरै विचार, विमर्श, छलफलबाट ल्यायो कार्यान्वयन गर्न त्यति नै सजिलो हुने मन्त्री कार्कीको भनाइ छ ।

मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले आचारसहिंताले विज्ञापनको क्षेत्र थप प्रतिस्पर्धी र पारदर्शी हुने अपेक्षा व्यक्त गर्नुभयो । विज्ञापन बोर्ड नेपालका अध्यक्ष लक्ष्मण हुमागाइँले विज्ञापनको क्षेत्रमा सरोकार राख्ने विज्ञापन व्यवसायी, मिडिया व्यवसायी, पत्रकारका सङ्घ संस्थालगायत सरोकार राख्नेसँग पटक–पटक छलफल गरिएको उल्लेख गर्नुभयो ।

बोर्डका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद सापकोटाले आचारसहिंताले केही समयमा नै नतिजा दिने विश्वास व्यक्त गर्नुभयो । मिडिया सोसाइटी नेपालका मदन लम्सालले नेपालमा कुन मिडिया हो र कुन होइन भनी नियमन आवश्यक रहेको औँल्याउनुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आचारसहिंताका कारण काउन्सिललाई अनुगमन गर्न सजिलो भएको उल्लेख गर्नुभयो । विज्ञापन सङ्घ नेपालका अध्यक्ष सोम धितालले विज्ञापनमा मात्रै नभएर सबैतिर रहेको बेथिति हटाउनुपर्नेमा जोड दिनुभयो ।

पत्रकार बबिता बस्नेतले आचारसहिंता लागू भएपछि विज्ञापनमा महिलाको शरीरभन्दा मस्तिक देखिने अपेक्षा ब्यक्त गर्नुभयो । नेपालमा पहिलो पटक विज्ञापनसम्बन्धी आचारसहिंता लागू भएको हो । यसअघि यससम्बन्धी छुट्टै आचारसहिंता थिएन ।




भर्खरै