११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

एयरलाइन्सका रात्रि बेसअनुरुप पूर्ण क्षमतामा उडान

एयरलाइन्सका रात्रि बेसअनुरुप पूर्ण क्षमतामा उडान
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिअवि) मा आन्तरिक उडानका ३३ विमानले रात्रिकालीन (अपे्रशन बेस) अनुरुप पूर्ण क्षमतामा उडान सञ्चालन गरिरहेका छन् ।

काठमाडौँ विमानस्थलमा आन्तरिकतर्फ १७ वटा विमानका लागि मात्रै पार्किङको क्षमता रहेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले बाँकी ३३ विमानले काठमाडौँ बाहिरबाट उडान गर्नुपर्ने निर्णय गरको थियो । आन्तरिकतर्फ १७ वटा विमानले रात्रिकालीन बेसअनुरुप उडान गर्नुपर्ने प्राधिकरणको निर्णयबमोजिम अन्य एयरलाइन्सले काठमाडौँ बाहिरबाट उडान सञ्चालन गरिरहेका हुन् ।

आन्तरिक उडानमा नौ वायुसेवा कम्पनीका ५२ विमान छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको पार्किङ चाप बढेर उडान सुरक्षामा चुनौती थपिएको भन्दै विमानस्थल कार्यालयले एयरलाइन्सलाई बेसअनुरुप नै उडान सञ्चालन गर्न पटकपटक आग्रह गर्दै आएको थियो । प्राधिकरणको बैठकले वायुसेवा कम्पनीले यही असार १३ देखि तोकिएको बेस विमानस्थलमा राति पार्किङ गरी पहिलो उडान सोही विमानस्थलबाट गर्ने निर्णय गरेको थियो ।

प्राधिकरणले आवश्यक सहजीकरण गरिदिएका कारण एयरलाइन्सले बेसअनुरुप नै काठमाडौँ बाहिरबाट पूर्ण क्षमतामा उडान सञ्चालन गरिरहेको नेपाल वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराजशर्मा कँडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “प्राधिकरणले काठमाडौँ बाहिरका गन्तव्यमा पार्किङका लागि सहजीकरण गरेपछि अहिले सबैजसो विमानले बाहिरबाट उडान सञ्चालन गरिरहेका हुन् । प्राधिकरणको निर्णय ९० प्रतिशत कार्यान्वयनमा आइसकेको छ ।”

प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ ११ वटा विमानलाई पार्किङ क्षमता छ । तेत्तीस विमानले रात्रिकालीन बेसअनुरुप उडान गर्नुपर्ने हुन्छ । यसअघि आन्तरिकतर्फ ५१ वटा विमान पार्किङ भइरहेको थियो । हाल आन्तरिकतर्फ ११ वटा हेलिकप्टर कम्पनीका ३८ हेलिकप्टर छन् । सङ्घका प्रवक्ता शर्माका अनुसार काठमाडौँ विमानस्थलमा २१ वटा हेलिकप्टरलाई पार्किङको व्यवस्था भएको र बाँकी हेलिकप्टरका लागि भक्तपुरको नलिनचोकमा व्यवस्था गरिने भएको छ । हेलिकप्टरले पनि रात्रिकालीन बेसअनुरुप उडान सञ्चालन गरिरहेका छन् ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले आन्तरिक एयरलाइन्सले रात्रि बेसअनुरुप काठमाडौँ बाहिरबाट पूर्ण क्षमतामा उडान गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार असार १३ गते सम्बन्धित गन्तव्यमा रात्रिकालीन पार्किङ गरेका विमानले असार १४ गतेदेखि काठमाडौँका लागि उडान सुरु गरेका थिए । प्रवक्ता निरौलाले काठमाडौँ विमानस्थलमा विमानको पार्किङ क्षमताबारेमा पुनःअध्ययन गरेर आवश्यक व्यवस्था गरिने बताउनुभयो । “एयरलाइन्सको आग्रहबमोजिम हाल १७ वटा विमान पार्किङ गर्ने स्थानमा थपेर २२ वटासम्म विमान पार्किङ गर्न सकिन्छ कि भनेर विमानस्थलको प्राविधिक टोलीले नाप जाँच गरेर सम्भाव्यताअनुरुप विमान पार्किङ गरिने छ”, उहाँले भन्नुभयो ।

कति विमानले रात्रि बेस उडान गरिरहेका छन् ?

निजी क्षेत्रको अग्रणी हवाइसेवा प्रदायक बुद्ध एयरले हाल भैरहवामा दुई, धनगढीमा एक तथा जनकपुर र भद्रपुरमा समान एक विमानले रात्रि पार्किङ गरी उतैबाट काठमाडौँ पहिलो उडान भर्दै आएका छन् । कम्पनीका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले रात्रि बेसअनुरुप उडान सञ्चालन गरिरहेको बताउनुभयो । उहाँका अनुसार कतिपय जहाज मर्मत गर्नुपर्ने भएकाले केही ह्याङ्गरमा र बाँकी पार्किङमै बस्ने गरेका छन् । बुद्ध एयरसँग १४ थान एटिआर र दुई बिजक्राफ्टसहित कूल १६ विमान छन् ।

यती एयरलाइन्सले विराटनगर र नेपालगञ्जमा समान एक जहाज रात्रि पार्किङ गरिरहेको छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार कम्पनीसँग रहेको पाँच थान एटिआर–७२ विमानमध्ये दुई वटा काठमाडौँ बाहिर पार्किङ भइरहेको छ भने दुई वटा पार्किङमा र एक विमान ह्याङ्गरमा रात्रि व्यवस्थापन गरिँदै आइएको छ । श्री एयरलाइन्सले विराटनगर, भैरहवा र नेपालगञ्जमा गरी कूल तीन जहाज रात्रि पार्किङ गरिरहेको कम्पनीका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिनुभयो । बाँकी विमान काठमाडौँमै बस्छन् । कम्पनीसँग जम्मा आठ जहाज रहे पनि पाँच वटा मात्रै उडानमा छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान उडान चाप नियन्त्रणका साथै हवाइसुरक्षा सुदृढीकरणका लागि प्राधिकरण सञ्चालक समितिको गत असार ५ गतेको बैठकले निर्णय गरेअनुरुप हेलिकप्टरको हकमा असार ८ गतेदेखि र विमानको हकमा असार १३ गतेदेखि अनुमति लिएकालाई बेसमै जान निर्देशन दिएको थियो । जसअनुसार विमान कम्पनीले काठमाडौँबाहेक अनुमति लिएका विमानस्थलमा रात्रि पार्किङ गरेका हुन् । साथै हेलिकप्टरको हकमा हाल पार्किङ भइरहेको स्थानमा एक महिनाभित्रै एशियाली विकास बैंकको ऋण सहयोगमा ह्याङ्गर निर्माण सुरु हुने भएकाले साइट क्लिएर गर्न जरुरी रहेको प्राधिकरणको भनाइ छ । काठमाडौँ बाहिरका १० वटा विमानस्थलमा रात्रिकालीन पार्किङ गर्नेगरी व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ । त्यसका लागि रु ५० करोड खर्च भएको र आवश्यक सुरक्षा तथा अन्य सेवा सुविधा उपलब्ध गराएको जनाइएको छ ।

त्रिअविमा रहेको आन्तरिक वायुसेवा कम्पनीका अप्रेशन बेस उपत्यका बाहिर स्थानान्तरण गर्ने प्रयोजनका लागि अध्ययन एवं सुझावका लागि गठित समितिको सुझावअनुसार प्राधिकरणले एयरलाइन्सलाई बेसअनुरुप उडान गर्न निर्देशन दिएको थियो । रासस