१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

माओवादीको केन्द्रीय समितिको बैठकको एजेन्डामा परेन एमसीसी

माओवादीको केन्द्रीय समितिको बैठकको एजेन्डामा परेन एमसीसी
file photo
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरु भएको छ । प्रज्ञा भवन कमलादीमा आइतबारदेखि सुरु भएको बैठकमा सपथग्रहण, बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेशहरुबाट संक्षिप्त रिपोर्टिङसहितका नौ एजेन्डामा छलफल हुने जनाइएको छ ।

तर एजेन्डामा एमसीसी विषय परेको छैन । संसद्बाट १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन भएको थियो । माओवादी केन्द्रभित्र एमसीसीको खुलेर विरोध गर्ने नारायणकाजी श्रेष्ठसहितका नेताहरुले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

एमसीसी अनुमोदन भएको समयमा नेता श्रेष्ठसहितका नेताहरुले छुट्टै पार्टी बनाउनेबारे छलफल गरेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनपछि केन्द्रीय समितिको बैठक बोलाएर एमसीसीबारे बहस गर्ने सहमति गरेका थिए ।

साथै छलफलमा एमसीसीमाथि फरक मत आए तल्लो तहसम्म लगेर छलफल गर्ने सहमति बनेको थियो । तर आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा एमसीसीलाई अलि पछि छलफल गर्ने भन्दै पन्छाएको बताइएको छ ।