१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

ओलीले मागे कृषिमन्त्रीको राजीनामा

ओलीले मागे कृषिमन्त्रीको राजीनामा
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवको राजीनामा माग गर्नु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले अन्य देशमा समयमा किसानलाई मल दिन नसकेपछि कृषिमन्त्रीले राजीनामा दिने गरेको दृष्टान्त उल्लेख गर्दै के हेरेर बसेको भनि कृषिमन्त्री यादवलाई प्रश्न समेत गर्नु भयो । उहाँले मलको तत्काल व्यवस्था गर्न बाध्य हुने गरी सरकारविरुद्ध आन्दोलन गर्न पनि पार्टी निकट अखिल नेपाल किसान महासंघलाई कडा निर्देशन दिनु भयो ।

महासंघले शनिबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले किसानले मल नपाईरहेका बेला चुप लागेर बसेको भन्दै महासंघका नेता, कार्यकर्ताप्रति आक्रोश समेत व्यक्त गर्नु भयो । उहाँले किसानसँग सरोकार राख्ने हरेक विषयमा महासंघले सरकारलाई बुझ्ने भाषामा दवाव दिनुपर्नेतर्फ सचेत गराउनु भयो ।

उहाँले भन्नु भयो, ‘मल पाउँदैन, तपाईहरु चुप लागेर कानमा तेल हालेर बस्नु हुन्छ । मल ल्याउन बाध्य पार्नु पर्दैन सरकारलाई । दुनियाँमा त मल दिएन भने त कृषिमन्त्रीले त तत्काल राजीनामा दिनुपर्छ, के हेरेर बस्ने ? मन्त्रीले के हेरेर बस्यो ? सरकारले के हेरेर बस्यो ? अनि मुख्य काम कृषि क्षेत्रलाई हेर्नुपर्ने, मन्त्री बनाएको मन्त्री भएर भत्ता खाउ, झण्डा हल्लाऊ भनेर मन्त्री बनाएको कि किसानलाई मल देऊ भनेर, विउविजन देउ समयमा भनेर, उन्नत जातको विउविजन देउ भनेर, कृषिको आधुनिकीकरण गर भनेर, कृषि क्षेत्रको उत्पादन, उत्पादकत्व बढाऊ भनेर होकि ? झण्डा हल्लाउ भनेर हो ? पिर्कामा सलामी खानका लागि मन्त्री बनाएको हो ? होईन नि । किसानका लागि काम गर्नुप¥यो कृषिमन्त्रीले । जुन मन्त्री छ, त्यस सम्बन्धमा काम गर्नुप¥यो । किसानका समस्या हेर्न प¥यो । अहिले मल चाहियो । पुग्दो मल कहिल्यै पनि दिएको छैन । त्यसमा पनि अलिकति पनि मल नपाउने स्थितिले । आफ्ना सवालहरुमा तपाईहरु उभिन सक्नु पर्दछ । आफ्नो आवाज बुलन्द गर्न सक्नु पर्दछ ।

आफ्ना समस्याप्रति सबैको ध्यानाकर्षण गर्न सक्नु पर्दछ बुझ्नेगरी । कुन भाषामा बुझ्छ, त्यो अनुसार बोल्न सक्नुपर्दछ । एकपल्ट मैले बोल्दाखेरी भनेको थिए–हलो जोत्ने मान्छेले हातमा किताव लिएर जोत्दैन । हलो जोत्ने मान्छेले गोरीलाई किताव देखिएको, शाष्त्र देखाएको देख्नुभएको छ कहीँ ? तपाईहरु त्यसो गर्नु हुन्छ कोही ? गर्नु हुन्न नि । म पनि हलो जोत्दाखेरी त्यसो गर्दिन थिए । गोरीले किताव देखाएपछि बुझ्दै बुझ्दैन, लौरो देखाएपछि बुझ्छ । त्यसकारण तपाईले भन्दाखेरी बुझ्यो भने बुझ्यो । तपाईले माग पत्र पेश गर्दाखेरी बुझ्यो भने बुझ्यो । त्यतिगर्दा बुझेन भने जे भाषा बोल्दा उसले बुझ्छ, त्यो भाषा बोल्न तपाईहरु तयार हुनुपर्छ । त्यस भाषामा बुझाउनु पर्दछ । नत्रभने जे गरेपनि भयो । अनि ६० प्रतिशत जनसंख्या कृषिमा आधारित छ ।

कृषिलाई चेपेको छ । दुई÷चार जना कमिशकनखोरहरुले । कमिशनको रेटदर नमिलेर । अनि सारा कृषि क्षेत्रलाई बर्बाद गरिदिने ? राष्ट्रिय उत्पादनलाई घाँटी निमोठने ? तसर्थ किसानलाई मर्न दिनु भएन । मर्न नदिनका लागि किसान महासंघ र यसका घटकहरु देख्दाको डाल ढिँडोको काल हुनु भएन । अलिकति बुझाउन सक्ने सामथ्र्य राख्न सक्नु प¥यो क्या । के गर्दा बुझ्छ, त्यो बुझाउन सक्ने सामथ्र्य । तपाईले आवाज उठाउने वित्तिकै तपाईकै छोराछोरी ती विद्यार्थीहरुले आवाज उठाई हाल्छन नि । युवाहरु उठछन । जागिरदार पनि उठन थाल्छन । सबैको साझा सरोकारको सवाल हो ।’

अध्यक्ष ओलीले आफूले सरकार छोडेको एक वर्षमै ४९ अर्व चामल आयात गरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गर्नु भयो । उहाँले कृषि प्रदान देशमा, उर्वर जमिन भएको देशमा एक वर्षमा ठूलो परिणाममा चामल आयात गर्नु अशोभनीय भएको बताउनु भयो । अध्यक्ष ओलीले ६० प्रतिशतभन्दा बढि जनसंख्या कृषिमा आधारित भएको देशमा हामी किन खाद्यन्नमा आत्मनिर्भर हुन नसकेको भनि सरकारलाई प्रश्न समेत गर्नु भयो । उहाँले भन्नु भयो, ‘हामीले सरकार छोडेको मात्रै हिसाव गर्दा मात्रै चामल कसरी आयात भयो ? कृषि प्रदान देश । ६० प्रतिशत जनता कृषिमा संलग्न छ । यस्तो अवस्थामा कृषि प्रदान देशमा, यस्तो उर्वर देशमा, जहाँ यति हिमाल, पहाड, उर्वर फाँटहरु छन । जहाँको जनसंख्या ३ करोडभन्दा कम छ । त्यस्तो देशमा किन हामी खाद्यन्नमा पनि आत्मनिर्भर हुन नसकेर ४९ अर्वका आयात गर्छौ चामल मात्रै ।

हरेक साल किसानलाई चाहिने बेलामा मल आपूर्ति हुँदैन । यो किन यस्तो हुन्छ ? यतिबेला मल चाहिन्छ भन्ने सबैलाई थाहा छ । त्यही कुरा ६ महिना अगाडिदेखि प्रयास गरे हुन्थ्यो नि । अस्ती प्रधानमन्त्री शेरबहादुर देउवाजीले संसदमा संसदमा उभिएर भन्नु भयो–किसानलाई मलको आपूर्तिको व्यवस्था तत्काल गरिनेछ र किसानले मल पाउनेछन । वाणी मिठो थियो । कुरा राम्रो थियो । तर ल्याउने प्रबन्ध कहीँ पनि गरिएको छैन, केही पनि गरिएको छैन भने मल कहाँबाट आउँछ ? अर्थात अलमल्याउने काम भएको छ । अलमल्याउने कामबाट, छक्याउने कामबाट कृषि क्षेत्रको उत्थान हुन सक्दैन ।’

अध्यक्ष ओलीले सरकारले कृषि क्षेत्रको उत्थान हुने गरी केही पनि काम गर्न नसकेको आरोप समेत गर्नु भयो ।