• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई चौंथो सफलता, भुर्तेलले लिए दुई विकेट ★   लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ: परिसङ्घ अध्यक्ष अग्रवाल ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए विकेट ★   बेथिति र बिकृतिको समुल अन्त्य गर्न आन्दोलनको बिकल्प छैन :- कमल थापा ★   गाजामा युद्धविराम विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा ★   नेपाललाई दोस्रो सफलता, सागर ढकालले लिए दुई विकेट ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता ★   इलाम–२ मा मतगणना सुरु ★   नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री ★   फेरिँदैछ वीरगञ्जको मुहार

इलाममा सवारी दुर्घटना हुँदा ११ यात्रु घाइते



इलाम । इलाममा सवारी दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ गइरहेको को १ ज ३३२९ नम्बरको जीप दुर्घटना हुँदा सबै यात्रु घाइते भएका हुन् ।

इलाम नगरपालिका–१ मा पर्ने मेची राजमार्गको इलाम नेपालटार पुवाखोला सडक खण्डको मिलगोलाईमा दुर्घटना भएको बताइएको छ । सडकबाट करिब ३०० मिटर भन्दा तल खसेको प्रत्यक्षदर्शी मिलन दाहालले जानकारी दिनुभयो ।

गाडीमा सवार ११ मध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइतेलाई झापातर्फ पठाइएको छ भने अन्यको इलाम अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको नाम खुल्न बाँकी छ ।