५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुक दुई तहको सङ्घीय संरचनामा जानुपर्दछ: अध्यक्ष थापा



अ+ अ-

कर्णाली । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुक दुई तहको सङ्घीय संरचनामा जानुपर्नेमा जोड दिनुभएको छ ।

राप्रपा नेपाल कर्णाली प्रदेश कार्यसमितिद्वारा आज सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रदेशबाहेक सङ्घ र स्थानीय तहको संरचना मुलुकका लागि हितकर हुने बताउनुभयो ।

अध्यक्ष थापाले भन्नुभयो, “विसं २०६३ देखि १६ वर्षसम्म राजतन्त्रकै मुद्दा लिएर कठिन सङ्घर्ष गरियो, तर राजतन्त्रको पुनःस्थापना हुने देखिएन र हामीले त्यो मुद्दा त्याग्यौँ, अब सुशासनको माध्यमबाट हिन्दू राज्यको स्थापना गर्न लोकतन्त्र र हिन्दूराज्यको एजेण्डा अगाडि सारेका छौँ ।”

उहाँले दुई तहको सङ्घीयता स्वीकार गरिएको बताउनुभयो । सोही क्रममा अध्यक्ष थापाले धर्म परिवर्तनको महामारीले मुलुक खतराको अवस्थामा पुगेको भन्दै त्यसलाई रोक्न सरकारलाई उचित कदम चाल्न आग्रह गर्नुभयो । सनातन धर्मका नाममा समाजमा रहेका रुढीवादी, परम्परागत गलत संस्कृतिलाई समाप्त पार्न राप्रपा नेपालले देशव्यापी अभियान थाल्ने उहाँको भनाइ थियो ।

आर्थिक विप्रेषणबाट पालिएको देशको अवस्था कुनै पनि बेला सङ्कटमा पर्न सक्ने औँल्याउनुभएका उहाँले मुलुकको नीतिगत र संरचनागत सुधार हुनुपर्ने, स्थिर राजनीतिका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्नेमा जोड दिनुभएको थियो ।