१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

कानुनको परिपालना गराउन कानुनी शिक्षाको भूमिका अहम्: राष्ट्रपति भण्डारी

कानुनको परिपालना गराउन कानुनी शिक्षाको भूमिका अहम्: राष्ट्रपति भण्डारी
अ अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनी शिक्षा नै कानुनी शासन स्थापनाका लागि प्रमुख आधार भएकाले संविधान र कानुनका बारेमा समाजमा जनचेतना अभिवृद्धि गराई कानुनको परिपालना गराउन विश्वविद्यालयमा कार्यरत कानुनका प्राध्यापक तथा अध्ययनरत विद्यार्थीको अहम् भूमिका रहने बताउनुभएको छ ।

त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस नेपाल ल क्याम्पसको ६८औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले विश्वविद्यालयका प्राध्यापकहरूले मुलुकमा भइरहेको संवैधानिक एवं कानुनी अभ्यासका क्रममा यदाकदा देखिने विचलनहरूका बारेमा समेत प्राज्ञिक विमर्शमार्फत कानुन तर्जुमा, न्याय निरुपण र कार्यान्वयनसँग सम्बद्ध निकायहरूहरूलाई निगरानीका साथै पृष्ठपोषणसमेत गर्नुपर्नेमा जोड दिनुभयो ।

“मुलुकलाई आवश्यक पर्ने नयाँ युगको नयाँ चुनौतीहरूको सामना गर्नसक्ने दक्ष कानुनी जनशक्ति उत्पादन गर्नका लागि आवश्यक भौतिक तथा संस्थागत पूर्वाधारको विकास गर्दै कानुनी शिक्षालाई युग सापेक्ष बनाउँदै अगाडि लैजान अति आवश्यक छ,” उहाँले भन्नुभयो, “कानुनी शिक्षा मूलतः नागरिकको जीवन, स्वतन्त्रता, प्रतिष्ठा र सम्पत्तिसँग प्रत्यक्ष जोडिएको व्यावहारिक र व्यावसायिक शिक्षा भएकाले यसमा ज्ञान, सीप, विवेक र नैतिकताको सम्मिश्रण हुन अत्यन्तै आवश्यक हुन्छ भन्ने मेरो विश्वास रहेको छ ।”

समारोहमा राष्ट्रपति भण्डारीले उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्नाका साथै क्याम्पसबाट प्रकाशित स्थापना दिवस स्मारिकाको पनि लोकार्पण गर्नुभयो । यस्तै ‘नेपाल ल क्याम्पस स्वर्ण सम्मान’ डा सूर्य सुवेदीलाई प्रदान गरिएको थियो । समारोहमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ लगायतको उपस्थिति रहेको थियो ।

त्रिभुवन विश्वविद्यालयको स्थापनाअघि नै विक्रम संवत् २०११ मा स्थापित सो ऐतिहासिक क्याम्पसले मुलुकलाई आवश्यक पर्ने कानुन क्षेत्रका दक्ष र क्षमतावान् जनशक्ति उत्पादन गरिरहेको छ ।