काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा सहित काग्रेस नेताहरु र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटस्थित ओली निवासमा भेटवार्ता भै रहेको छ ।
उहाँहरूबीच संसद् अवरोध हटाउने र संसद्मा टेबुल भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्नेबारेमा निरन्तर रुपमा छलफल भै रहेको छ । छलफलका लागि प्रधानमन्त्री देउवा पुग्नु भन्दा केही अगाडी सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा बालकोट पुग्नु भएको थियो ।
यसै गरी एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल , महासचिब शंकर पोखरेल र उपमहासचिब बिष्णु रिमाल पनि छलफलमा सहभागी हुनुहुन्छ ।