७ आश्विन २०८१, सोमबार
,
Latest
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान मुगुको मुहार काठमाडौंमा -फोटो फिचर सहकारी ठगी प्रकरण: छविलाल जोशीलाई म्याद थप गर्न अदालत लगिँदै चर्चित धावक रोकायालाई ‘उज्ज्वल तारा खेल सम्मान—२०८१’ प्रदान गरिने श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सांसद खातुनले दिइन् राजीनामा



अ+ अ-

काठमाडौँ । प्रदेश १ की एमाले सांसद गुलेफुन खातुनले पदबाट राजीनामा दिएकी छन् । सरकारी छाप, दस्तखत र कागजात किर्ते गरेको अभियोग प्रमाणित भएको लामो समयपछि सांसद खातुनले पदबाट राजीनामा दिएकी हुन् ।

बुधबार पदबाट राजीनामा दिएकी खातुनको राजीनामा सभामुख प्रदीपकुमार भण्डारीले बिहीबार स्वीकृत गरेका हुन् । मोरङबाट प्रतिनिधित्व गर्ने खातुनको मुद्दा दोहोर्‍याउने आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको अर्को साता उनले राजीनामा दिएकी हुन् ।

अघिल्लो साता मात्रै सर्वोच्च अदालतले खातुनविरूद्धको सरकारी सही छाप र दस्तखत कीर्ते मुद्दा दोहोर्‍याउन अनुमति दिन अस्वीकार गरेको थियो। सरकारी कागजात किर्ते अभियोगमा उच्च अदालत विराटनगरले दोषी ठहर गरेपछि खातुनले सर्वोच्चमा मुद्दा दोहोर्‍याउन माग गरेकी थिइन्।

उच्चको फैसलाप्रति पनि असन्तोष जनाउँदै सांसद खातुनले २०७६ फागुन ११ मा उनले सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन्। आफ्नो मुद्दामा त्रुटिपूर्ण फैसला भएको भन्दै सर्वोच्च गएकी उनले मुद्दा दोहोर्‍याउन माग गरेकी थिइन्। तर, गएको जेठ २५ मा सर्वोच्चले मुद्दा दोहोर्‍याउने आदेश दिनु नपर्ने फैसला गरेपछि उनको पद धरापमा परेको थियो।