६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मल र निगम मुद्दामा रामचन्द्र पौडेलले गरे सरकारको आलोचना



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकारको आलोचना गरेका छन् । ६४औँ संसद् दिवसका अवसरमा आयोजित कार्यक्रममा व्यापारीलाई नेपाल आयल निगम दिन खोजेको र किसानलाई रासायनिक मल उपलब्ध गराउन नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् ।

“अहिले फेरि सुन्दैछु, आयल निगम व्यापारीलाई दिने रे, यस्तो चलखेलमा करोड होइन अर्बका कुरा हुन्छन्,” उनले भने ।

नीतिगत भ्रष्टाचारका कारण सरकारले किसानलाई रासायनिक मल दिन नसकेको भन्दै नेता पौडेलले खेती गर्ने बेलामा मलको हाहाकार हुनु भनेको नीतिगत भ्रष्टाचार भएको बताए ।