२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसपीपीका सम्पूर्ण चिठी संसद्मा पठाउन प्रधानमन्त्रीलाई नेम्वाङको आग्रह



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्पूर्ण पत्र संसद्मा प्रस्तुत गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

संसद् दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले एसपीपीसम्बन्धी सम्पूर्ण पत्र रक्षा मन्त्रालयमा रहेको उल्लेख गर्दै ती पत्रहरु संसद्मा प्रस्तुत गर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गर्नुभयो । उहाँका अनुसार अब यो विषयलाई त्यतिकै छाड्न नहुने बताउनुभयो ।

एसपीपी सम्बन्धमा विवाद उत्पन्न भएपछि तत्कालीन प्रधानसेनापतिले सन् २०१५ मा अमेरिकी दूतावासलाई पत्र लेखेको सार्वजनिक भएको थियो । तर सेनाले सो पत्र पठाउँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई नसोधिएको भन्दै पूर्वसभामुख समेत रहेका नेम्वाङले सो पत्रको वैधानिकतामाथि प्रश्न उठेको बताउनुभयो ।