२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद्ले काम गर्न नपाउँदा स्वतन्त्रले जित्छन् : झलनाथ खनाल



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले संसद् राम्रोसँग चल्न र काम गर्न नपाउँदा गैरदलीय प्रवृत्ति बढ्ने बताएका छन् ।

संसद् दिवसका अवसरमा आयोजित एक कार्यक्रममा उनले सनकको भरमा संसद विघटन गर्दा मुलुकमा गैरदलीय प्रवृत्तिको विकास भएको बताए ।

संसद् विघटन गरेर गैरदलीय प्रवृत्तिको विकास भएर नै स्थानीय तहको निर्वाचनमा जनताले गैरदलीय उम्मेदवारलाई जिताएको उनको भनाइ थियो ।

संसद्लाई जनता र राष्ट्रियताको बहसको थलो बनाउनु पर्नेमा उनले जोड दिए ।२०७४ को निर्वाचनपछि बनेको दुई तिहाइ बहुमतको सरकारले राम्ररी काम गर्न नसकेको उनको टिप्पणी थियो ।