२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यक्तिवादी सोचबाट मुक्त हुन प्रवक्ता महतको आग्रह



अ+ अ-

नुवाकोट । नेपाली कांग्रेसमा प्रवक्ता डा प्रकाशशरण महतले पार्टीभित्र व्यक्तिवादी सोचले समग्र पार्टीलाई असर पर्ने भएकाले सो सोचबाट मुक्त हुन आग्रह गर्नुभएको छ । बट्टारमा नुवाकोट साहित्य प्रतिष्ठानको १५ औँ वार्षिकोत्सव, कृति विमोचन तथा स्रष्टा सम्मान कार्यक्रममा आज उहाँले म भए ठीक अरु भए बेठीक भन्ने व्यक्तिवादी प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

डा महतले पार्टीको कार्यकर्ता भइसकेपछि व्यक्तिवादी सोचबाट माथि उठ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “ हालै भएको स्थानीय तह निर्वाचनमा व्यक्तिवादी सोचको कारण पार्टीले क्षति बेहोरेको छ । अब सङ्घ प्रदेशको निर्वाचन आउँदै छ । पार्टीलाई सफल बनाउन व्यक्तिवादी सोचबाट मुक्त हुनैपर्छ ।”

पूर्वमन्त्रीसमेत रहेका प्रवक्ता डा महतले कसैलाई देउता र कसैलाई दैत्य बनाइदिने अहिलेको प्रचलनबाट पनि जोगिनुपर्ने बताउनुभयो । “कसैलाई क्षणभरमै देउवा बनाइन्छ । त्यसको आलोचनासमेत गर्न पाइँदैन । कसैलाई अनायासै दैत्य बनाइन्छ । न कोही देउता हुन्छ, न दैत्य । सत्य खोज्ने धैर्यता हामीमा छैन”, डा महतले भन्नुभयो “यस्तो अहिलेको प्रचलनबाट जोगिनुपर्छ ।”

उहाँले रासायनिक मलमा अरु देशप्रति निर्भर हुँदा अहिले अभावको समस्या आइरहेको बताउनुभयो । उहाँले सरकारले अब रासायनिक मल कारखानाको स्थापना गर्नमा ढिलो गर्न नहुनेसमेत बताउनुभयो । डा महतले प्राकृतिक खेती गर्ने र गाईबस्तुको थोरै मलबाट धेरै जग्गामा रासायनिक मलसरह काम गर्ने प्रविधि पनि विदेशतिर रहेकाले त्यसलाई प्रयोग गर्नसकेमा रासायिक मलको अभाव झेल्न नपर्ने बताउनुभयो ।

कार्यक्रममा डा महतले विभिन्न स्रष्टालाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा नुवाकोट साहित्य प्रतिष्ठानमा संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठले लेख्नुभएको समयचक्र हाइकु सङ्ग्रह विमोचनसमेत गरिएको थियो । कार्यक्रममा अमृता स्मृति, कविन्द्र घिमिरे, अकिन्चन राई, बुनु लामिछाने, अन्जना पौडेललगायतले रचना वाचन गर्नुभएको थियो ।