१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हत्याको घटनालाई झुण्डी मृत्यु देखाएको घटनामा संलग्न अभियुक्त पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

रौतहट । घाटी धिची कर्तव्य गरी मारेको घटनालाई झुण्डी मृत्यु देखाएको घटनामा संलग्न रहेको अभियोगमा चन्द्रपुर नगरपालिका–९ डुमरीयास्थित मुस्लिम टोल बस्ने खुर्सैद राईन भन्ने २१ वर्षीय औसयद महमदलाई कवारीलाई असार ६ गते प्रहरीले पक्राउ गरेको छ ।

कवारीकी श्रीमती २१ वर्षीया तराना खातुन २०७८ चैत्र १० राति आफ्नै कोठाको पंखामा सलको पासो लगाई झुण्डीएको र चन्द्ननिगाहपुरस्थित चन्द्रपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको घटनाको थप अनुसन्धानको क्रममा तरानाको झुण्डिएर नभई घाटी थिची हत्या भएको खुल्न आएपश्चात कवारीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत रौतहटबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।