१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

विपद् जोखिम न्यूनीकरणका लागि एकीकृत प्रयास आवश्यक

विपद् जोखिम न्यूनीकरणका लागि एकीकृत प्रयास आवश्यक
file
अ अ+ अ-

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले विपद् जोखिम न्यूनीकरणका लागि पर्याप्त पूर्वतयारीसहित एकीकृत प्रयास गर्नुपर्ने बताउनुभएको छ । सरोकारवाला निकायको सहभागितामा गृह मन्त्रालयमा आज भएको मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकलाई सम्बोधन गर्दै उहाँले सबै निकायले एकीकृत ढङ्गबाट विपद्को सामना गर्नुपर्ने बताउनुभयो ।

विपद्बाट हुने क्षति न्यूनीकरण गर्दै जनताको जीउधनको रक्षा गर्नु सरकारको मूल दायित्व भएको उल्लेख गर्दै उहाँले जटिल खालका भौगोलिक बनावटका कारण हुने विपद् जीउधन र पूर्वाधारको सुरक्षाका लागि चुनौती भएको बताउनुभयो । गृहमन्त्री खाणले विपद्बाट प्रभावितको खोज, उद्धार, राहत र पुनःस्थापनालाई पहिलो प्राथमिकता दिन निर्देशन दिनुभयो ।

विपद्का कारण सडक अवरुद्ध हुँदा भौतिक तथा आर्थिक विकासमा समस्या आउने, मानवीय आवश्यकताका वस्तुको उपलब्धता नहुने, सुरक्षित यात्राका लागि चुनौती थपिने उल्लेख गर्दै उहाँले अवरुद्ध सडक तत्काल सञ्चालन गर्नेगरी उपकरणलाई तयारी अवस्थामा राख्न निर्देशन दिनुभयो ।

गृहसचिव टेकनारायण पाण्डेले विपद्का समयमा जतिसक्दो छिटो अत्यावश्यक सेवा पु¥याउनेतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो । आधिकारिक सूचनाका आधारमा विपद्बाट हुने जोखिम न्यूनीकरण गर्न सकिने भन्दै उहाँले मनसुन सूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् जोखिम न्यूनीकरणका लागि सरोकारवालाको सहभागितामा सम्पन्न पूर्वतयारी बैठकले क्षति न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो ।

नेपाली सेनाका सहायक रथी पदमकुमार बुढाले विपद्मा परेका नागरिकको उद्धार तथा राहतका लागि सेनासँग उपलब्ध हवाई साधन र जनशक्तिलाई तयारी अवस्थामा राखिएको बताउनुभयो ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकलाई स्वास्थ्य सेवा पु¥याउन २५ अस्पताललाई ‘अब अस्पताल’का रुपमा तोकिएको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले देशभर आपत्कालीन उद्धार टोली गठन गरी उनीहरूलाई तालिम दिइएको बताउनुभयो । उहाँले ठूला विपद्का घटना भएमा अन्तर्राष्ट्रिय सहायताका लागि पनि रेडक्रस तयारी अवस्थामा रहेको जानकारी गराउनुभयो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले सबै स्थानीय तहलाई मनसुन प्रतिकार्य योजनाअनुसार काम गर्न निर्देशन दिइएको बताउनुभयो ।

नवनिर्वाचित जनप्रतिनिधिलाई विपद्का समयमा गर्नुपर्ने कामका बारेमा अभिमुखीकरण गरिएको र प्रभावित व्यक्तिलाई सात दिनसम्म पुग्ने खाद्यान्न, सरसफाइ, औषधि, बसोबासलगायत सामग्रीको प्रबन्ध गर्न स्थानीय तहलाई निर्देशन दिइएको उहाँको भनाइ छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले विपद्का समयमा विद्युत् आपूर्तिमा समस्या आउँदा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुने गरेको बताउनुभयो । विद्युत् आपूर्ति सहज हुनासाथ सेवा सुरु हुने उहाँको भनाइ छ ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बाढी, पहिरोबाट अवरुद्ध हुने सडक खुलाउन ९५ वटा उपकरणलाई देशभर तयारी अवस्थामा राखिएको बताउनुभयो ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले बाढीका बारेमा पूर्वजानकारी गराउने गरिएको तथा विभागले विशेष मौसम र बाढी बुलेटिनमार्फत जनतालाई सम्भावित जोखिमबारे जानकारी गराउने गरेको बताउनुभयो ।

बैठकमा पछिल्लो २४ घण्टामा प्राकृतिक प्रकोपबाट ११ जनाको मृत्यु, १४ जना घाइते, दुई हजार ७४ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण, तीन जनाको हेलिकप्टरमार्फत र एक जनाको स्थल उद्धार गरिएको जानकारी दिइएको थियो ।