२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय धान दिवस: मलको हाहाकार कम गराउन कामपा क्रियाशिल छ- मेयर बालेन



अ+ अ-

काठमाण्डौँ । काठमाण्डौँ महानगरपालिकाको मेयर बालेन्द्र शाहले १९औँ राष्ट्रिय धान दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् । उनले आफ्नो फेसबुक पेज मार्फत काठमाण्डौँमा वस्ती बस्नु, सम्पदाको शहर वा राजधानी बन्नुमा किसानहरुको विशेष भुमिका रहेको र कृषि र किसानलाई बिर्सन नहुने बताएका छन् ।

उनले देशभरका लागि अन्न उब्जाउने किसानहरु प्रति सबै जना आभारी र जिम्मेवार हुनै पर्ने बताएका छन् । साथै काठमाण्डौँबाट निस्किने कुहिने फोहोरलाई मल बनाएर मलको हाहाकारलाई केहि कम गराउन सकिन्छ भन्नेमा महानगर क्रियाशिल रहेको र यस कामका लागि हुने सफलता र असफलताले देशभर उल्लेख्य फरक पार्नेमा सचेत रहेको पनि  बताएका छन् ।

मेयर बालेन्द्र शाह आफ्नो फेसबुक पेजमा लेख्छन् :

“काठमाण्डौँमा वस्ती बस्नु, सम्पदाको शहर वा राजधानी बन्नुमा यहाँको उर्बरता र उब्जनीको ठुलो भुमिका छ । उर्बर माटोलाई खेति गर्न योग्य बनाउन माटोमा रगत र पसिना बगाउने किसानहरुको विशेष भुमिका छ । हो, अहिले हाम्रा प्राथमिकताहरु झांगिदै जाँदा यहाँका किसानहरुका मुद्दा कमजोर हुँदै गएका होलान् वा कृषि नै सिमान्तकृत हुदै गएको होला । तर, हामीलाई जे र जसले यहाँ ल्याइपुर्यायो, उसैलाई बिर्सने भन्ने हुदैन । हामीले यहाँको कृषि र किसानलाई सम्झिनै पर्छ । सँगसँगै, देशभरका लागि अन्न उब्जाउने किसानहरु प्रति आभारी र जिम्मेवार हुनै पर्छ ।

यसपालीको असार १५ र धान दिवसले सबैलाई किसान र कृषिप्रतिको जिम्मेवारी बोध गराउन सकोस् । गुणस्तरिय मल, बिउबिजन तथा कृषिसाधनहरु सहज र सुलभ मुल्यमा पर्याप्त प्राप्त हुन सकुन् । सबैलाई असार १५ र धान दिवसको शुभकामना छ ।

र, काठमाण्डौँमा निस्किने कुहिने फोहोरलाई मल बनाएर मलको हाहाकारलाई केहि कम गराउन सकिन्छ भन्नेमा काठमाण्डौँ महानगर क्रियाशिल छ । यस कामका लागि हुने सफलता र असफलताले देशभर नै उल्लेख्य फरक पार्नेमा हामी सचेत छौँ ।”