१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

श्रेणीबिहीन स्थायी कार्यालय सहयोगी कर्मचारीको सेवा समूह र पद परिवर्तन गर्ने सरकारको निर्णय

श्रेणीबिहीन स्थायी कार्यालय सहयोगी कर्मचारीको सेवा समूह र पद परिवर्तन गर्ने सरकारको निर्णय
file photo
अ अ+ अ-

काठमाडौं । सरकारले श्रेणीबिहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीहरुको सेवा समूह र पद परिवर्तन गर्ने निणर्य गरेको छ ।

असार १४ गते बसेको मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बुधवार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सकरारले कार्य निर्देशन करार निर्देशिका २०७९ स्वीकृत गर्ने निर्णय गरेको पनि जानकारी दिनुभयो ।

उहाँले सरकारले वीरगञ्ज–सिमरा–पोखरीया प्रशारण लाइनको टावर तथा सब स्टेशनको लागि जग्गा प्राप्ती गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने, उपत्यका भित्रका प्रशारण लाइन तथा सब स्टेशनहरुमा संरचनात्मक सुधार, स्तरोन्नती तथा बिस्तार गर्नका लागि जग्गा प्राप्ती गर्ने र प्रारीम्भक कारबाही चलाउने अधिकारी तोक्ने, विभूषणमा प्रयाग हुने सुनको परिणाम घटाइ बनावट हेरफेर गर्न स्वीकृत दिने निर्णय गरेको बताउनु भयो ।

उहाँका अनुसार सरकारले सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली २०७९ को मस्यौदाउपर लोकसेवा आयोगको परामर्श लिने, मध्य भोटेकोशी जलविद्युत आयोजनाको २२० केबी प्रशारण लाइनको लागि वन क्षेत्र प्रयोग गर्न दिने, कार्बन उत्सर्जन न्यूनिकरण खरिद सम्झौता गर्न वार्ता टोली गठन गर्ने र भेडेटार स्काइ वार्प निर्माणको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि गरेको छ ।

प्रवक्ता कार्कीले भन्नुभयो, ‘कार्य निर्देशन करार निर्देशिका २०७९ स्वीकृत गर्ने ।
वीरगञ्ज–सिमरा–पोखरीया प्रशारण लाइनको टावर तथा सब स्टेशनको लागि जग्गा प्राप्ती गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने ।

उपत्यका भित्रका प्रशारण लाइन तथा सब स्टेशनहरुमा संरचनात्मक सुधार, स्तरोन्नती तथा बिस्तार गर्नका लागि जग्गा प्राप्ती गर्ने र प्रारीम्भक कारबाही चलाउने अधिकारी तोक्ने ।

विभूषणमा प्रयाग हुने सुनको परिणाम घटाइ बनावट हेरफेर गर्न स्वीकृत दिने ।
सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली २०७९ को मस्यौदाउपर लोकसेवा आयोगको परामर्श लिने ।

मध्य भोटेकोशी जलविद्युत आयोजनाको २२० केबी प्रशारण लाइनको लागि वन क्षेत्र प्रयोग गर्न दिने ।

कार्बन उत्सर्जन न्यूनिकरण खरिद सम्झौता गर्न वार्ता टोली गठन गर्ने ।

भेडेटार स्काइ वार्प निर्माणको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने ।

महाकाली पुल आयोजना क्षेत्रमा रहेका रुखहरु हटाउने सम्बन्धमा
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा श्री शीतल साहू पूर्वे, धनुषालाई नियुक्त गर्ने ।

निजामति सेवा पुरस्कार सिफारिस समितिको सदस्य तोक्ने ।

श्रेणीबिहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीहरुको सेवा समूह र पद परिवर्तन गर्ने ।’

प्रवक्ता कार्कीले वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा शीतल साहू पूर्वेलाई नियुक्त गर्ने, निजामति सेवा पुरस्कार सिफारिस समितिको सदस्य तोक्ने पनि निर्णय गरेको बताउनु भयो ।