२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यमन्त्री विमला वलीको राजीनामा स्वीकृत



फाइल फोटो
अ+ अ-

काठमाडौं । लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीको राजीनामा स्वीकृत भएको छ ।

विवादमा परेकी लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री वलीले यहीँ असार १२ गते दिएको राजीनामा आज स्वीकृत भएको मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभालाई जानकारी गराएका हुन् ।

गत जेठ महिनाको अन्तिम सातामा दाङका एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीमाथि हातपात गरी अभद्र व्यवहार गरेको आरोप राज्यमन्त्री वलीमाथि लागेको थियो ।

प्रदेश सरकारले सो घटनाको छानबिन गर्न लुम्बिनी प्रदेश सरकारले प्रदेशका आन्तरिक मामिला तथा सञ्‍चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो ।

छानबिन समितिको प्रतिवेदन आउनुअघि नै उनले राजीनामा दिएकी हुन् ।

राज्यमन्त्री वलीका पति उत्तरकुमार वलीको सडक दुर्घटनामा निधन भएको थियो । दाङ क्षेत्र नम्बर ३ ९ख० बाट निर्वाचित उनको निधन भएपछि उनकी श्रीमती विमला सोही क्षेत्रमा भएको उपनिर्वाचनमा तत्कालीन नेकपाबाट निर्वाचित भएकी थिइन् ।

नेकपा विभाजन हुँदा उनले नेकपा ९माओवादी केन्द्र० रोजेकी थिइन् । त्यसपछि उनी राज्यमन्त्री बनेकी थिइन् ।